ब्राजिलमा एकै दिन ६५ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण
12
SHARES
|

पछिल्लो २४ घण्टामा ६५ हजार ३३९ जनामा संक्रमण पुष्टि भएसँगै ब्राजिलमा संक्रमित संख्या २२ लाख ३१ हजार ८७१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार २९३ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८२ हजार ८९० पुगेको हो ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म
१५ लाख ३२ हजार १३८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख १६ हजार ८४३ जनाको उपचार भइरहेको छ ।