चिसोबाट बच्ने उपायहरु सिक्नुहोस आफु बचौ र यो पोस्ट जनचेतनाको लागी भएकोले सबैलाई सेयर गरेर बचाउ

स्वास्थ्य

धेरैले सामान्य रुपमा लिने गरेको जाडो अर्थात् चिसो मौसम स्वास्थ्यका लागि भने जोखिमयुक्त भएको चिकित्सकले जनाएका छन्। विज्ञहरुका अनुसार मंसिर अन्तिम सातादेखि चिसो ह्वात्तै बढ्दै गएको र यो जाडो तीन वर्षयताकै बढी भएको उनीहरूको दाबी छ।

चिसोकै कारणले विभिन्न रोग ह्वात्तै बढेको चिकित्सकले बताएका छन्। चिसो बढेसँगै दम, निमोनिया, टन्सिल, ब्रोङकेल आज्मा, रुघाखोकी, ज्वरो जस्ता रोग बढेका हुन्। चिसोकै कारण गत वर्षभन्दा दोब्बर श्वास/प्रश्वासका बिरामी बढेको टिचिङ अस्पताल महाराजगंजका श्वास/प्रश्वास बिभाग डा. करवीरनाथ योगीले बताए।

गत बर्ष दैनिक पाँच जना श्वासप्रश्वासका बिरामी आउने गरेकामा यसपालि दैनिक दश जना आएका छन्। ‘बढी चिसो भएर हो, बिरामी हवात्तै बढे’, डा.योगीले भने। उनीहरु गम्भिर निमोनियाँ र दमका छन्।

चिसोका बिरामी गम्भिर अवस्थामा आउने गरेको वीर अस्पतालका बरिष्ठ फिजिसियन डा. धु्रव गैरेले बताए। उनका अनुसार बिभागमा आउने बिरामी मध्ये ४० प्रतिशत चिसोसंग सम्वन्धित छन्।

‘घरेलु र स्थानीय उपचार नभएपछि मात्र अस्पताल आएको देखिन्छ’, उनले भने। ‘चिसोले श्वासनली, फोक्सोमा संक्रमण बढ्ने, अक्सिजन घट्ने, श्वास–प्रश्वास घट्ने, हातखुट्टा काम्ने समस्या देखिन्छ’, उनले भने।

एउटा त जाडोको सिधा असर जुन हाइफोथर्मिया। जहाँ लगाउने लुगा, बस्ने घर, पानी प्रर्याप्त छैन र खाना प्रर्याप्त नपाएका व्यक्तिलाई चिसोले सजिलै आक्रमण गर्छ र मृत्यू हुन्छ।

अस्पतालमा आउने अधिकांश पालमा बसेका भुकम्प पीडित, बुढाबुढी र बालबालिका र पुराना दीर्घरोगी रहेको चिकित्सकले जनाएका छन्। ‘ज्वरो आउने, खाना कम रुच्ने, टाउको जिउ दुख्ने साझा लक्षण देखिन्छ’ डा.गैरले भने।

चिसो व्यवस्थापन हुन नसक्दा उनीहरुमा समस्या बढी देखिएको डां गैरेको भनाइ छ। स्कुले बालबालिका बिहानै स्कुल जाँदा,बिद्यार्थी बसको छतमा चढेर कलेज जाँदा, बिद्यालयमा न्यानो व्यवस्थापन नहुनु र पालमा चिसो पस्नुले धेरैमा चिसोका असर परेको उनको दावी छ।

डां गैरे भन्छन्,’आठै बजे स्कुल बसे कुरेर बस्नु पर्ने, बिद्यालय पोशाकले कडा चिसो छेक्ने अवस्था छैन’छतमा बसेर नियमित बिद्यालय गएका चार दिनमै उनीहरु बिरामी पर्ने गरेको उनले बताए।

चिसोकै कारण मुटु, हृदयघात र मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, कोलस्ट्रोलका बिरामी बढेको ग्राण्डी अस्पतालका बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. ओम मुर्ति अनिलले बताए। डा.अनिलका अनुसार औसत १० जना चिसोले उच्चरक्तचाप बढेर आउने छन्। उनले उपचार गरिरहेका बिरामी मध्ये दैनिक ५ जना रक्तचाप बढेर आकस्मिक कक्षमा पुगे मध्येका हुन्।

डा.अनिलका अनुसार स्वतः रगत जमाउने पदार्थ (कोकुलेशन)बढी सक्रिय हुने भएकाले रगतको नली साँघुरो हुन गई हृदयघात र मस्तिष्कघात हुन्छ। ‘मस्तिष्कमा जाने नलीमा रगत जमेमा मस्तिष्कघात, मुटुमा जाने नलीमा जमेमा हृदयघात हुन्छ’उनले भने। यी बिरामीको यकिन तथ्याङ्क नभएको उनले बताए।

डा. अनिलका अनुसार जाडोमा मुटु र मस्तिष्कमा जाने रक्तनलीमा रगत जमेर बाक्लो हुँदा रक्तचाप बढ्ने,हृदयघात तथा मस्तिष्कघात हुन जान्छ। मुटुका रोगीमा दम र दमका रोगीमा मुटुको समस्या हुने भएकाले चिसोकै बेला निमोनियाँ बढ््न गई गम्भिर बिरामी बन्न पुग्छन्।

चिसोले फोक्सो आफै खुम्चिनाले बढी अक्सिजन आवश्यकता पर्छ। त्यस्तो अवस्थामा पहिल्यै बिभिन्न कारणले कमजोर भएको मुुटुलाई रक्तसंचार गर्न थप दवाव पर्छ। यसले गर्दा मुटुमा समस्या उत्पन्न हुन्छ।

चिकित्सकका अनुसार चिसोान बिरामीले बिशेष ख्याल नपुर्या उँदा गम्भिर बिरामी पर्न पुग्छन्। जाडोमा खानेकुरा बढी रुच्ने खाए अनुसार व्यायम नगर्ने, जाडोकै बहानामा रक्तनलीलाई हानि पुर्या उने मदिरा, चुरोट, चिल्लो जस्ता खानेकुरा सेवनले पनि यी रोग बढ्ने गरेका छन्।

बालबालिका,बृद्धबृद्धा, मुटु,मिर्गौला,मधुमेह तथा अन्य दीर्घरोगी चिसोका थप जोखिममा भएकाले यो मौसममा उनीहरुले बिशेष ख्याल पुर्यादउनु पनर्ेे चिकित्सकको सुझाव छ।

बिरामीले सकेसम्म बिहानै मर्निङ वाक नहिंड्न,चिसोका बहानामा बढी भोजन नगर्ने, मदिरा, चुरोट भुलेर पनि नगर्ने, पुराना बिरामीले आफ्नो स्वास्थ्य परिक्षण नियमित गराउने, मधुमेह, रक्तचाप, कोलस्ट्रोल, तौल नियन्त्रणमा राख्नुका साथै दैनिक उचित व्यायम गुर्नु पर्ने चिकित्सकको सुझाव छ।

बिरामीलाई चिसोले छोएपछि संक्रमण बढ्ने भएकाले सकेसम्म बिहानै चिसोमा नहिंडन्, अन्य समयको भन्दा दोब्बर समय हिंडनु पर्ने सुझाव छ। ‘मर्निङ वाक गर्ने पौराणिक मान्यता छ,तर चिसोमा मर्निङ वाक हानिकारक छ’डा. अनिलले भने।

मुटुका रोगीले क्षमता भन्दा बढी काम नगर्ने। दीर्घरोगीहरु चिसोमा मर्निङ वाक हिंड्न नहुने उनको सुझाव छ। चिसो र बिहानै भाइरल व्याक्टेरियल संक्रमण हुने भएकाले चिसोमा हिड्न नहुने कारण हो।

चिसोको संक्रमणमा छिटो उपचार नभएमा जटिल समस्या भई ज्यान समेत जान सक्ने भएकोले समयमै अस्पताल पुगेर उपचार गर्न चिकित्सकको सुझाव छ।

चिसोमा सार्वजनिक यातयात तथा भीडाभाडमा जानेहरु पनि चिसोका भाइरल संक्रमणको जोखिममा हुने भएकाले यो मौसममा सकेसम्म त्यस्ता ठाउँ कम प्रयोग गर्ने र गरिहालेमा माक्सको प्रयोग,सरसफाईमा ध्यान पुर्या उनु पर्ने चिकित्सकको सुझाव छ। ‘बसको डण्डी छोइएको छ भने त्यहाँ पनि व्याक्टेरिया रहेको हुन सक्छ,नकिजको व्यक्तिबाट भाइरस सर्न सक्छ’डा अनिलले भने।

माथि उल्लेखित रोगका कुनै पनि लक्षण देखिएमा तुरुन्त अस्पताल जान चिकित्सकको सुझाव छ।

चिसोबाट कसरी बच्ने?

–औषधी सेवन गरिरहेकाले नियमित औषधी सेवन गर्ने

–बाहिर निस्कंदा माक्स लगाउने र आएपछि हात धुने

–हाच्छिउँ गर्दा मुख छोपेर गर्ने

–भुलेर पनि मदिरा र चुरोट प्रयोग नगर्ने

–दीर्घरोगीहरुले नियमित स्वास्थ्य परिक्षण गर्ने

–झोलकुराहरु पटक–पटक खाने

–हिंड्दा टोपी,गलवन्दी लगाएर हिंडने

चिसोका रोगका लक्षण

–ज्वरो आउने,रुघाखोकी लाग्ने,टाउको दुख्ने

–खाना नरुच्ने,वान्ता हुने

–स्वाँ–स्वाँ हुने

–हृदयघात हुन लागेमा बायाँ छाति बेस्सरी हुने

–मुटुमा समस्या हुँदा थकाइ लाग्ने,रिंगटा लाग्ने

नागरिक दैनिकबाट ।

Cover song हजार जुनी सम्म by:- इन्द्र कुमार तामाङ्गको पहिलो प्रस्तुती कृपया भिडियो हेरेर कस्तो लाग्यो सल्लाह सुझाबको आशा सहित सबैलाई सेयर गरिदिन हुन अनुरोध गर्दछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *