July 27, 2021

च्यालेन्ज नेपाल

नयाँनयाँ घटनाको ताजा जानकारीको लागी च्यालेन्ज नेपाल

सधै भब्य हुने पल्सर स्पोर्टस अवार्ड आगामी कुन मितिमा कहिले हुने हेर्नुहोस

नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पत्रकार सम्मेलनमार्फत एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७६ को मिति सार्वजनिक गरेको हो ।

कोरोना महामारीका कारण स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर सेमी भर्चुअल माध्यमबाट कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

वि.स. २०६२ सालदेखि नियमित रुपमा खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको प्रतियोगिता भुकम्पका कारण वि.स. २०७२ सालमा एक संस्करण स्थगित भएको थियो ।

यस वर्ष अवार्ड अन्तर्गत १० विधामा पुरस्कार वितरण गरिनेछ ।

उत्कृष्ट पुरुष, उत्कृष्ट महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाईफटाइम एचिभमेन्ट र टिम अफ द इयर गरि ९ विधामा खेलाडी, प्रशिक्षक र पुराना खेलाडीलाई सम्मानित गरिनेछ ।

यस्तै गत वर्ष थपिएको ईन्टरनेसनल एसियन स्पोर्टस जर्नालिस्ट अवार्डलाई यस वर्ष समेत निरन्तरता दिईने मञ्चले जनाएको छ ।

अघिल्ला वर्ष जस्तै वर्ष पुरुष, वर्ष महिला, पिपल्स च्वाईस र प्रशिक्षकका चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाईकल प्रदान गरिनेछ भने अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।
स्रोत imagekhabar.com

नयाँ नेपाली कमेडी मेरिबास्सै नयाँ भाग 680 हेर्नुहोस आनन्द लिनुहोस् भिडियो…

https://youtu.be/OuoULUPKixk