सडक बनाउने पैसा खाएर ठेकेदार गायव हेर्नुहोस किन छैन सरकारको ध्यान यस्ता ठगहरुमाथि

समाचार

पछिल्लो समय राजनैतिक पहुँचका आधारमा ठेक्का हात पार्ने र समयमा सम्पन्न नगर्ने प्रबृद्धि बढ्दै गइरहेको छ । देशभरी नै जताततै ठेकेदारले समयमा निर्माण सम्पन्न नगरेको गुनासाहरु आइरहेका छन् ।

केही समय अघि काठमाण्डौंका सडक समयमा नबनाएको भन्दै जताततै ठेकेदारको तस्वीर टाँसिएको थियो । यस्तै घटना पछिल्लो समय कञ्चनपुरमा भएको छ । त्यहाँ हुलाकी सडक निर्माण कार्य अलपत्र छाड्ने ठेकेदार हराएको भन्दै उनीहरुको फोटो बेलौरीको चोक चोकमा टाँसिएको छ ।

निर्माण सम्पन्न म्याद सकिँदा पनि काम पुरा नभएको भन्दै स्थानीयले ठेकेदारको फोटो सार्वजनिक स्थानमा टाँसेका हुन् । कञ्चनपुरको डोकेबजार–कालिका–बेलौरी–बेल्डाँडी–दैजी हुँदै महेन्द्रनगर जोड्ने हुलाकी सडक अहिलेसम्म कालोपत्रे भएको छैन । आर्थिक वर्ष २०७२र०७३ मा सो सडक निर्माण सुरु भएको थियो ।

दिनेश खबरमा छापिएको समाचार अनुसार, तर दशैंपछि उक्त सडकको निर्माण कार्य ठप्प छ । ‘दशैंपछि ठेकेदार देखिन पनि छाडेका छन्’ स्थानीय खड्क शाहले भने, ‘काम गतवर्ष नै सक्नुपर्ने हो तर थपेको म्याद पनि सकिँदा ठेकेदारलाई मतलब छैन ।’

स्थानीयका अनुसार बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर सडकमा ४ किलोमिटर पनि काम भएको छैन । सडक निर्माणको ठेक्का पाएको सिद्धी शाही प्रकाश कन्सट्रक्सनका सञ्चालक चक्रदिप शाही र उनका नजिकका पट्के ठेकेदारका फोटो सार्वजनिक स्थानमा टाँसेको बताइएको छ ।
स्रोत ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *