September 26, 2021

च्यालेन्ज नेपाल

यो पोस्टको बारेमा पुरा विवरण हेर्न यहाँ थिच्नुहोस

डा :- बाबुरामको यस्तो छ सुझाव-संघीयता र धर्मनिरपेक्षता वि’रोधीहरुलाई हेर्नुहोस

पूर्वधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता चाहने शक्तिहरूलाई पाँच सुझाव दिनुभएकाे छ । उहाँले गणतन्त्र, संघीयता, धरनिरपेक्षतालाई ‘विदेशी एजेन्डा’ भन्नेहरूलाई ट्वीटमार्फत सुझाव दिनुभएकाे हाे ।अहिले सडकमा हिन्दु राज्य, राजसंस्थाको पक्षमा नारा-जुलुश गर्नेतर्फ उहाँको सुझाव केन्द्रित छ । उहाँले पहिलो सुझावमा भन्नुभएकाे छ, ‘विज्ञान, प्रविधि, विदेशी भाषा नपढ, गुरुकुल मात्र जाउ।’

Ads by AdMana.net
उहाँले दोस्रो सुझावमा अस्पताल नजान र धामीझाँक्री लगाउन भन्नुभएको छ । यस्तै, भट्टराईले गाडी नचढ, पैदल हिँड, विदेशी, मेसिनले सिलाएका लुगा नलगाउ, लगौंटी लगाएर हिँड भन्नुभएकाे छ । भट्टराईले फोन इन्टरनेट, टिभी प्रयोग नगर, नत्र बकवास नगर भन्नुभएकाे छ ।

उहाँले लेख्नुभएकाे छ-

YOU MAY LIKEMgid

तौल 90? र तपाईं 50 हुनेछ!
Green Coffee

Men 40+ Are Looking For Meaningful Relationships
DateMyAge
गणतन्त्र/संघीयता/धर्मनिरपेक्षता इ. ळाई ‘विदेशी एजेण्डा’भन्नेहरूलाई सुझाव:

१.विज्ञान/प्रविधि/विदेशी भाषा नपढ;गुरूकुल मात्र जाऊ

२.अस्पताल नजाऊ,धामीझांक्री लगाऊ

३.गाडी नचढ,पैदल मात्र हिंड

Ads by AdMana.net
४ विदेशी/मशिनले सिएका लुगा नलाऊ,लगौंटी लगाएर हिंड

५.फोन/इन्टरनेट/टीभी प्रयोग नगर!नत्र वकवास नगर!

ओलीलाई एकैपटक तीनवटा झ’ट्का, वामदेवलाई अवसर

शनिबारको सचिवालय बैठक र भोलिपल्ट वामदेवसहित पूर्वमाओवादीका अन्य नेताहरुसामु देखाइएको असली रुपपछि खुमलटारले रामबहादुर थापा ‘बादल’ बाट आश मरेको निश्कर्ष निकालेको छ । अन्तिम समयमा बादलबाट धोका नहुने निश्कर्षविपरित बालुवाटारको पक्षमा खेलिएको भूमिकाले सम्भावित यु टर्नलाई सदाको लागि अन्त गरेको बताइन्छ । तर, बालुवाटारले अनुमान र आशा गरेभन्दा उपाध्यक्ष वामदेवको भूमिका फरक देखिनुको पछाडि भने यसअघि प्रधानमन्त्री र उनको किचेन क्याबिनेटबाट पाएको धोखाधडी र अपमानलाई कारक मानिएको छ ।

यसअघिका धेरैवटा राजनीतिक छालबाट केपी शर्मा ओलीलाई उम्काइदिएका गौतमले अहिले निभाएको भूमिकाको कारण फेरि एकपटक उनलाई गुमेको छवि उकास्ने अवसर प्राप्त भएको चर्चा छ । कुनै बखत बालुवाटारले गौतमलाई प्रधानमन्त्री र पार्टी अध्यक्षको प्रस्ताव गरे पनि पछिल्लोचोटि राष्ट्रिय सभाको सांसद नबनाउनेदेखि मन्त्री नदिनेसम्मको खेल र षडयन्त्र रचिएको उनले बिस्तारै चाल पाएको एकथरि बताउँछन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालको साथ र सहयोगबिना राष्ट्रिय सभामा आफूलाई नलैजाने खेल खेलिएको ग्राण्ड डिजाइन समेत अनुभूत भएपछि गौतमले दुई दशकअघिको बिद्रोही रूप देखाएको नेताहरूको स्वीकारोक्ति छ ।

सचिवालयभित्रको छिनाझप्टी, बहस र ‘इस्युको ग्राभिटी’ लाई हेर्दा अब नेकपाको विवाद विष्णु पौडेलले सोचेर, बादलले बोलेझैं कार्यदल या अन्य कुनै टालटुलले रोकिने देखिन्न । यसरी सचिवालयबाट स्थायी समितिमा इस्यु जानै लाग्दा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई तीनवटा झट्का लागेको छ । पहिलो, पाँच जना सचिवालय सदस्यले आग्रह गर्दासमेत बैठक नै बोलाउँदिन भनेर देखाइएको अडान एक महिना नपुग्दै तोडिनु । दोस्रो, प्रचण्डले पेश गर्नुभएको प्रस्ताव खारेज हुन्छ, त्यसमाथि छलफल नै हुँदैन र त्यो नहुञ्जेल बैठक बस्ने त धेरै टाढाको विषय अर्का अध्यक्षसँग भेटघाटसमेत गर्दिनँ भन्दै आएको अवस्थामा क्रमभङ्ग हुनु ।तमाम अडानका वावजुद प्रधानमन्त्री सचिवालय बैठकमा गई प्रचण्डको त्यही प्रतिवेदनमाथि टेकेर भए पनि ३८ पृष्ठको जवाफ दिनु । त्यो भनेको राजनीतिक भाषामा प्रचण्डको प्रतिवेदनलाई स्वीकार्नु हो ।

त्यसैगरी सचिवालयमा प्रस्तुत प्रस्ताव र प्रतिवेदनहरूलाई स्थायी समितिमा कुनै हालतमा लैजान हुँदैन । फिर्ता हुनुपर्छ र सचिवालयबाटै समाधान गरिनुपर्छ । आफू सहमत नभएसम्म केहि हुँदैन भन्ने जुन दावी थियो त्यो पनि स्थायी समिति बैठकबाट खण्डित भएको छ । किनकि शनिबारको बैठक ओली अनुपस्थित बैठकले तय गरेको थियो । त्यही निर्णयबमोजिम बसेको बैठकमा उनको उपस्थिति भएको छ । भोलिपल्ट स्थायी समितिलाई सम्बोधन गर्दै तिमीहरु बस, म आउँदिन भनेर पत्र लेखिएको छ ।

सँधै आक्रामक स्थितिमा रहँदै आएका केपी शर्मा ओली क्रमशः रक्षात्मक अवस्थामा पुगेको विभिन्न घटनाक्रमबाट पुष्टि हुँदै गएको छ । यता, बादलको भूमिकापछि पूर्व माओवादी समूहले आफ्ना नेताहरूको वस्तुस्थितिको पुनर्मूल्याङ्कन गर्न थालेको बताइन्छ । सचिवालयमा बादल सिंगो छन् भने स्थायी समितिमा उनीसँग नजिक भनेर चिनिएकाहरूमा पम्फा भुसाल र देव गुरुङको भूमिका बादलकोभन्दा एक सय असी डिग्री विपरित छ । आजको जनआस्थामा यो खबर छापिएको छ ।

स्रोत :- rising दैनिक

फेसबुकको पासवर्ड बिर्सेमा कसरि फेसबुक खोल्ने?? हेर्नुहोस भिडियो…