आज एकैदिनमा १२ हजार बढीको मृ.त्यु के कारणले हो पढ्नुहोस

समाचार

विश्वमा एकैदिन ६ लाख ३५ हजार १०८ कोरोना संक्रमित थपिएका छन् । योसँगै विश्‍वमा कोरोना संक्रमितको संख्या ६ करोड ९२ लाख ५ हजार ७२१ पुगेको छ ।

बिहीबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १५ लाख ७४ हजार ७०४ पुगेको छ । बितेको २४ घण्टामा १२ हजार १४२ जना संक्रमितको मृ.त्यु भएको वल्डोमिटर्सले जनाएको छ ।

विश्वमा अहिलेसम्म ४ करोड ७९ लाख ४६ हजार ४५४ जना संक्रमणमुक्त भएका छन्।

हाल विश्वमा १ करोड ९६ लाख ८३ हजार ५६३ सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ६ हजार २२१ जना गम्भीर बिरामी छन्।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ५८ लाख १४ हजार ८७२ पुगेको छ । अहिलेसम्म २ लाख ९६ हजार ६२०ले ज्यान गुमाएका छन्।
स्रोत :- खबर ह्युब

Leave a Reply

Your email address will not be published. Required fields are marked *