महात्मा गान्धी: यसरी बनाइएको थियो ह’त्याको योजना

अन्तरास्ट्रिय

दिल्लीको कनोट प्लेसस्थित मरीना होटलको ठ्याक्कै अगाडि एउटा मस्जिदमा मगरिबको नमाज अर्थात् सन्ध्याकालीन प्रार्थना सुरु हुन लागेको छ।

रमजानको महिना छ। केही समयपछि रोजा खोलिनेछ अर्थात् व्रत समापन गरिनेछ।

मरीना होटलको एउटा कोठाबाट एक व्यक्तिले मस्जिदको चहलपहल हेरिरहेका छन्।

ती व्यक्तिलाई यो कुरा थाहा छैन कि सन् १९४८ को जेनुअरी १७ मा दिल्लीमा ठिहिर्‍याउने चिसो भएको बेला यसै होटलमा (जसलाई अहिले र्‍याडिसन ब्लू मरीना होटल भनिन्छ) नाथुराम गोडसे र नारायण आप्टे आएका थिए।

समय बिहानको ११ बजेभन्दा अघिको थियो। दुवै जनाले एस देशपाण्डे र एसएन देशपाण्डेको नाममा होटलका कोठा बुक गराए।

त्यसबेला अहिलेको जस्तो होटलमा कोठा बुक गराउँदा आफ्नो परिचय खुलाउने कुनै प्रमाण देखाउनुपर्दैनथ्यो।

मरीना होटलको कोठा नं. ४०

ती दुवै साथी १५ देखि २० मिनेटमा कालो र पहेँलो रङ्गको ट्याक्सीबाट कनोट प्लेस पुगे होलान्।

उनीहरू अलबुकर्क रोड (जसलाई अहिले तीस जेनुअरी मार्ग भनिन्छ) भएर होटल गएको हुनुपर्छ।

गान्धीलाई अनशन तोड्न लगाउन बिडला हाउसतर्फ हजारौँ मानिस जाँदै गरेको ती दुई जनाले देखेको हुनुपर्छ।

खासमा आप्टे र गोडसे गान्धीको हत्या गर्ने भयानक योजना कार्यान्वयन गर्न दिल्ली पुगेका थिए।

उनीहरूले होटलको पहिलो तल्लामा ४० नं. कोठा पाए। विमानबाट उनीहरू मुम्बईबाट सफदरजङ्ग विमानस्थलमा ओर्लिएका थिए। उनीहरूका बाँकी साथी रेलबाट दिल्ली आइरहेका थिए।

गान्धीसँग किन रुष्ट?

खासमा सन् १९४८ को ज्यानुअरी १२ मा गान्धीले अनशन थाल्न लागेको जब आप्टे र गोडसेले थाहा पाए, त्यसैबेला नै उनीहरूले गान्धीको हत्या गर्ने मनशाय बनाए।

गान्धीका कान्छो छोरा देवदास गान्धीकी छोरी तथा लेखिका सुकन्या भरत राम भन्छिन्, “गान्धीले दिल्लीमा १९४८ को जेनुअरी १३ मा किन अनशन सुरु गरे भनेर आप्टे, गोडसे र उनीहरूका साथी रुष्ट हुनुको एउटा कारण थियो।”

“दिल्लीमा मुस्लिमहरू मा’रिँदै थिए, उनीहरूका सम्पत्ति लु’टिँदै थियो र हिं’सा तथा आगजनी रोकिने कुनै छाँटकाँट नै देखिइरहेको थिएन। अन्त्यमा दङ्गा नियन्त्रणका लागि नैतिक दबाव सिर्जना गर्ने उद्देश्यका साथ गान्धीले अनशन सुरु गर्ने निर्णय जेनुअरी १२ मा गरे।”

त्यतिबेला हिन्दुस्तान टाइम्सका सम्पादक रहेका गान्धीका छोरा देवदास गान्धीले आफ्ना बुवालाई अनशन नबस्न सुझाए।

आप्टे, गोडसे र उनीहरूका साथीहरू रुष्ट हुनुको अर्को कारण थियो- सरकारी सम्पत्ति भारत र पाकिस्तानबीच बाँडफाँट गरिनु।

सरकारी खजानामा रहेको रकम पनि बाँडफाँट गरियो। पाकिस्तानको हिस्सामा ७५ करोड रुपैयाँ आयो। सुरुमा पाकिस्तानलाई २० करोड दिइयो। बाँकी रह्यो ५५ करोड रुपैयाँ।

गान्धी बाँकी रकम पनि पाकिस्तानलाई अविलम्ब दिइयोस् भन्ने चाहन्थे। यो कुरा गोडसेसहित उनका साथीहरूलाई मन परेको थिएन।

आप्टे र गोडसेलाई बाँकी साथीहरूको प्रतीक्षा थियो। साँझ पर्नासाथ उनीहरूका साथी मदनलाल पाहवा, विष्णु करकरे र गोपाल गोडसे मरीना होटल पुगे।

उनीहरू ह्यान्डग्रिनेड, टाइम बम र पेस्तोल लिएर दिल्ली आएका थिए।

‘फ्रीडम एट मिड नाइट’ मा लेखकद्वय डोमिनिक ल्यापिएर र ल्यारी कोलिन्सले लेखेअनुसार गान्धीको ह’त्याबारे योजना बनाइरहँदा करकरे र आप्टेले मदिरा मगाए। गोडसेले मदिरापान गर्दैनथे। उनी कफीप्रेमी थिए। उनले मरीना होटलमा पटकपटक कफी मगाइरहन्थे।

रिगलदेखि बिडला हाउससम्म

जेनुअरी २० मा प्रार्थनासभाका क्रममा गान्धीमाथि बम आ’क्रमण गर्ने योजना मरीना होटलमा बन्यो। यसबीचमा योजनामा सहभागी सबैले बिडला हाउसबारे बुझिरहे। निर्धारित दिन आयो।

नाथुराम गोडसे, गोपाल गोडसे, नारायण आप्टे, विष्णु करकरे र मदनलाल पाहवा ट्याक्सी लिएर बिडला हाउस पुगे। बिडला हाउसमा मदनलाल पाहवाले वि’स्फोट गराए।

पछि थाहा भयो कि एउटा भारतमै निर्मित बम थियो जसमा ठूलो क्षति पुर्‍याउने क्षमता थिएन। त्यो वि’स्फोट गराएकोमा मदनलाल पाहवालाई प’क्राउ गरियो।

उनीहरू सबै गान्धीको ज्या’न लिन उद्यत थिए। पहिला गान्धीको प्रार्थनासभामा बम हान्ने उनीहरूको लक्ष्य थियो। त्यसपछि त्यहाँ भागदौड मच्चिएपछि गान्धीमाथि गो’ली प्रहार गर्ने योजना थियो।

पाहवा र विष्णु करकरे पहिले बिडला हाउस पुगिसकेका थिए। बाँकीलाई लिएर ट्याक्सी चालक सुरजित सिंह त्यहाँ पुगे। पछि सुरजित सिंह सरकारको तर्फबाट बयान दिन सहमत भए।

मदनलाल पाहवा त्यहाँ एउटा फोटोग्राफरका रूपमा पुगे। वि’स्फोटपछि उनका साथी त्यहाँबाट भागे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *