ला’गु’औष’ध खै’रो हेरो’इनसहित दुई युवक पक्राउ

समाचार

लागु’औषध खै’रो हेरोइन’सहित सप्तरीबाट दुई युवक प’क्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीको टोलीले अग्निसाइर कृष्णासवरन गाउँपालिका– ५ बकधुवास्थित भित्री सडकखण्डबाट ५० ग्राम खै’रो हेरो’इनसहित दाजुभाइलाई शनिबार राति प’क्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले ब्राउन’सुगरसहित पक्राउ परेका तिलाठी कोइलाडी गाउँपालिका–७ का २७ वर्षीय भरत र १९ वर्षीय निरज शर्मालाई आज बिहान सार्वजनिक गरेको छ । उनीहरु काका र ठूलो बुवाका छोराहरु हुन् ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहको नेतृत्वमा खटिएको टोलीले स ७ प १८६५ नम्बरको मोटरसाइकलमा जाँदै गरेका बेला पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।

खैरो हेरो’इन लिएर मोटरसाइकलमा आउँदै गरेको सूचनापछि सवारी साधन तथा पैदलयात्रीलाई जाँच गर्ने क्रममा आरोपित पक्राउ परेका हुन् । मोटरसाइकल पछाडि सवार भरतका साथबाट १० ग्रामको दरले बनाइएको पाँच पोका खैरो हे’रोइन बरा’मद गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।

आरो’पितले भारतबाट खैरौ हेरो’इन लिएर आएको स्वीकारेका छन् । भरतले लगाएको प्याण्ट्सको गोजीमा प्लाष्टिकभित्र पोका बनाएर राखेका अवस्थामा खै’रो हे’रोइन बरा’मद भएको प्रनाउ सिंहको भनाइ छ । उनीहरुविरु’द्ध लागू’औषध ९नियन्त्रण० ऐन, २०३३ अनुसार मु’द्दा चलाउन प्रहरीले प्रक्रिया अघि बढाएको छ । रासस
स्रोत news24nepal
भिडियो हेर्न नछुटाउनुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *