कैलालीको टीकापुरमा ४५ घरधनीले दिए घरभाडा छुट

रास्ट्रिय
  1. उदयपुर। कैलालीको टीकापुरमा व्यापार व्यवसाय गर्ने व्यवसायीलाई अहिलेसम्म ४५ घरधनीले घरभाडामा छुट घोषणा गरेर राहत दिएका छन् । कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण लामो समय व्यापार बन्द हुँदा व्यापार व्यवसायमा सहजता तथा राहतका लागि सटर भाडामा लिएर बस्ने व्यवसायीलाई भाडा छुट गरेका छन् । यसरी घरभाडा छुट गर्ने घरधनीले महिनामा रु तीन हजारदेखि रु ३० हजारसम्म छुट गरेका छन् ।

घरधनी सेतुदेवी रावलले आफूले लकडाउन अवधिको घरभाडा छुट गरिदिएको बताउनुभयो । बन्द भएको समयमा व्यापारीले कहाँबाट भाडा तिर्लान् भनी छुट गरिदिएकी हुँ रावलले भन्नुभयो व्यापारबाटै जीवन धानेका व्यवसाय नचलेर हैरान भएका बेला भाडा छुटले राहत मिल्छ । घरधनीले व्यापारीलाई एकदेखि तीन महिनासम्म भाडादर आंशिकदेखि पूर्णरुपमा छुट गरेका छन् ।

व्यवसाय सञ्चालनको लागि बंैकिङ कारोवार गरेका व्यवसायी घरभाडा र बैंकको किस्ता तिर्न पर्ने दोहोरो मारमा परेको बेला घरधनीले छुट दिएकाले केही राहत पुगेको व्यवासायी जीवन गौचनले बताउनुभयो । बन्दाबन्दीले व्यापारीको व्यवसाय बन्द मात्र नभई आर्र्थिक भार थपिएकाले व्यापारीले बंैकको ब्याज छुट तथा ऋणको समयावधि बढाउन मागसमेत गर्दै आएका छन् ।

  1. व्यवसायीको प्रतिष्ठासँग व्यापार जोडिएको र आर्थिक समृद्धिको पाटो व्यापार व्यवसाय भएकाले टीकापुर उद्योग वाणिज्य सङ्घले व्यापारीलाई ब्याज मिनाहाको माग गर्दै आएको छ । वाणिज्य सङ्घले घरभाडा छुट दिने घरधनीको नाम सार्वजनिक गर्ने, विभिन्न चरणमा बैंक तथा वित्तीय संस्थासँग समन्वय गर्ने कार्य गरेको टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *