June 21, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

सोमबार भगवान शिवको पुजा गर्नाले लाभ हुन्छ कसरी पुजा गरेमा धेरै लाभ हुन्छ हेर्नुहोस ॐ लेखी सेयर गर्नुहोस

यस दिनलाई भगवान शिवको पुजाको लागि विशेष दिन मानिन्छ । आजको मानिस यति धेरै व्यस्त छ कि उसलाई भगवानको उपासना गर्ने फुर्सद सम्म हुँदैन ।

अहिले बढ्दो विज्ञानको अगाडी मानिसले आफ्नो धार्मिक आस्था भन्ने कुराहरु विस्तारै भुल्दै गरेको छ । तर हामीलाई थाहाँ छैन आस्था भनेको के हो ? कुनै पनि धार्मिक कार्यमा तपाई आफ्नो समय व्यतित गर्नुहुन्छ भने त्यसले तपाईको मनलाई शान्त तुल्याउँछ र बाँकी तपाईको समय राम्रो हुन्छ ।

मनको शान्ति पछि मात्रैं तपाई आफ्नो बाँकी कामलाई निरन्तर रुपमा अगाडी लैजान सक्नुहुन्छ । तपाईले कसैप्रति धेरै आस्था राख्नुहुन्छ भने त्यसको नजर तपाई माथि पर्छ त्यस्तै तपाई भगवान शिवको उपासना गर्नुहुन्छ भने तपाई माथि भगवान शिवको कृपा रहने कुरा शास्त्रहरुमा भनिएको छ । आज हामी तपाईलाई कसरी सजिलो तरिकाबाट भगवान शिवलाई खुशी बनाउँन सकिन्छ भन्ने बारेमा जानकारी गराउँछौं…

हरेक सोमबार बिहानैं नुहाउँनुहोस र कुनै मन्दिरमा गएर भगवान शिवलाई स्वच्छ जल चढाउनुहोस ।यदि तपाईं मन्दिरमा जान सक्नुहुन्न भने तपाईं घरमा नैं शिवलिङगमा पानी चढाउन पनि सक्नुहुन्छ।कच्चा दूधले शिवलिगंको अभिशेष गर्नुहोस र शुद्ध दुध चढाउनुहोस ।भगवान शिवलाई बिल्ब पत्र र फुल चढाउनुहोस।फूलहरू यदि मदारका छन् भने, यो धेरै शुभ हुन्छ साथै धतुरो पनि चढाउनुहोस।

भगवान शिवलाई शुद्ध घिउँले दिप जलाउनुहोस ।शिवजीलाई मौसमी फल चढाउनुहोस ।त्यस पछि, शिवजीको आरती गर्नुहोस्।अन्त्यमा,भगवान शिवसँग मनोकामना पूरा गर्नको लागि दुई हात जोडेर प्रार्थना गर्नुहोस्।

यो पनि:यदी कुनै मासिनको जीवनमा यी ६ कुराहरु प्राप्त छन भने उ कहिल्यै पनि दुःखी हुँदैन । यो कुरा महाभारतको उद्योग पर्वमा उल्लेख छ । श्लोक यसप्रकार छ-अर्थाथमो नित्यमरोगिता च प्रिया च भार्या प्रियवादिनी च, वश्यश्च पुत्रो अर्थकरी च विद्या षट् जीव लोकेषु सुखानि राजन् । अर्थ -धन,निरोगी शरीर, सुन्दर पत्नी, मीठो बोल्ने, आज्ञाकारी पुत्र र धनप्राप्त गर्ने विद्या यी ६ कुराले मानिसलाई सुख दिन्छ ।

१.धन – सुखी जीवनको लागि धन सम्पत्ति हुनु आवश्यक छ । बिना धनको न नाम रहन्छ, न मान सम्मान नै मिल्छ । परिवारको पालन पोषण गर्नको लागि धनसम्पत्ति हुनु आवश्यक छ । आजको समयमा शिक्षा प्राप्त गर्नको लागि पनि धनको जरुरी छ । धन बिना कुनै रो’गको उपचार सम्भव छैन । वृद्धावस्थामा पनि धनको ठूलो साहारा चाहिन्छ । यसर्थ मानसम्मान, शिक्षादीक्षा, परिवारको पालनपोषण, र रो’गलाग्दा उप’चारको लागि धनको अति आवश्यक हुन्छ ।

२.निरोगी शरीर – जीवनमा सदैव सुखी रहनको लागि शरीर स्वस्थ हुनु जरुरी छ । यदी शरीरमा कुनै रो’ग छ भने तपाई राम्रो सँग कुनै पनि काम गर्न सक्नु हुन्न । यस्तो अवस्थामा तपाईं जीवनका हरेक कुराबाट बञ्चित हुनुहुन्छ । यदी तपाईंमा साना साना रो’गहरु छन् भने पनि तपाईं कुनै काम राम्ररी गर्न सक्नु हुन्न । श्रम नगरी खान पाईंदैन । श्रम गर्नका लागि शरीर स्वस्थ्य हुनु पर्यो । स्वस्थ्य शरीर नै एकप्रकारले सुखी जीवन हो इश्वरको बरदान हो ।

३.सुन्दर पत्नी – महाभारतमा महात्मा विदुरले भनेका छन्, सुन्दर श्रीमती हुनु पनि एक प्रकारको सुख हो । कारण घरमा सुन्दर पत्नी हुनाले तपाईंको ध्यान बाहिर भ ड्किदैन । घरमा श्रीमतीसँग हुने व्यवहारबाट त नाब मुक्त भएपछि तपाइको बाहिरीयासँग सम्बन्ध रहँदैन र अनेकौ समस्याबाट बच्न सक्नु हुन्छ । समयमा घरमा आइन्छ । आपसी छलफल र सद्व्यवहारबाट नै घर परिवार संचालन हुन सक्छ ।

४.मीठो बोल्ने पत्नी – सुन्दर त्यस पछि पनि मीठो बोल्ने श्रीमती पाउनु भनेको सुनमा सुगन्ध हो । त्यो पनि अर्को सुख हो । जसले नम्रता पूर्वक कुरा गरेर परिवारका हर सदस्यलाई सुख राख्न सक्छिन् । यदी नमीठो बोल्ने श्रीमती घरमा छन भने दिनहू घरमा वि वाद भई रहन्छ र घरको वातावरण अशान्त हुन्छ । यसप्रकार कर्कशा श्रीमती हुनेको घरमा न परिवारले सुख पाउँछ न इष्टमित्र आउँछन् न छर छिमेकि । न उनीहरुको सहयोग प्राप्त हुन्छ ।

५.आज्ञाकारी पुत्र – वर्तमान समयमा सबैभन्दा ठूलो समस्या सन्तान हो । सन्तान यदी गलत बाटोमा लागे भने यसको दो ष बुबा आमालाई पर्न जान्छ । सन्तान विद्वान् हुन भनेको ठूलो सुख हो । त्यसैले सन्तानको उच्च शिक्षाको लागि बाबु–आमाले आप्नो भएभरको सम्पत्ति लगाएर विदेशमा पठाउँछन् । कारण बुढेस कालमा सन्तान एकदम जरुरी हुन्छ । छोरो साथमा भएर पनि कुलतमा लागेको छ भने त्यो भने दुः खको कारण बन्दछ । तसर्थ जसको सन्तान आज्ञाकारी छन् उ सुखी हुन्छ । जसको सन्तान मुर्ख छ कुलतमा लागेको छ उ दुःखी । त्यसैले महात्मा विदुर– भन्छन् सज्जन सन्तान हुने जो कोहीले पनि दुख कहिल्यै भोग्नु पर्दैन ।

६.धन पैदा गर्ने विद्या – पैसा त आउँछ जान्छ यो एक नियम नै हो । कयौं पटक यस्तो पनि देखिएको छ कि कोही व्यक्ति कुनै दिन धनवान हुन्छ त केही दिनमै पैसा को लागि त ड्पि रहेको हुन्छ । कोही मानिस आफ्नो भएको पै तृक सम्पत्ति अनिय न्त्रित रुपले खर्च गर्छन । यस्तो स्थितिबाट बच्नको लागि तपाई सँग यस्तो ज्ञान हुनु प¥यो जसले भएको धन न ष्ट पनि नहोस् र काम पनि बनोस् । यदि तपाईंसँग पैसा छैन तर कला छ भने तपाई त्यसप्रकारका कामहरू गर्न सक्नु हुन्छ । सम्मान पूर्वक जिवनयापन गर्न सक्नु हुन्छ ।
स्रोत gnews nepal
भिडियो पनी हेर्नुहोस