July 28, 2021

च्यालेन्ज नेपाल

नयाँनयाँ घटनाको ताजा जानकारीको लागी च्यालेन्ज नेपाल

जम्मु काश्‍मीरमा पनि ‘बाइकोट चाइना’ अभियान

जम्मु काश्‍मीरका जनताहरुले बाइकोट चाइना अभियान सुरु गरेका छन् । उनीहरुले चिनियाँ उत्पादनहरुलाई रोक लगाउन माग गर्दै भारतीय उत्पादनको प्रयोग गर्न आग्रह गर्दै अभियान सुरु गरेका छन् ।

भारतको पूर्वी लद्दाखमा भारत-चीनबीच भएको हिंसात्मक झडपपछि भारतका विभिन्‍न स्थानमा चिनियाँ उत्पादन बहिष्कार अभियान सञ्‍चालन भइरहेका छन् । भारतको विस्तारवादी नीतिविपरीत काश्मीरका जनताहरु सडक आएका चिनियाँ उत्पादन बहिष्कार अभियान चलाएका हुन् । उनीहरुले समातेको ब्यानरमा लेखिएको, “बाइकोट चाइना, युज इण्डियन प्रोडक्ट’, लेट्‌स बिल्ड आवर नेशन’ छ ।त्यसैगरी जम्मु क्षेत्रमा पनि मानिसहरु चिनियाँ उत्पादनका सामग्री प्रयोग नगर्न भन्दै सडकमा आएका छन् । उनीहरुले प्रधानमन्त्रीले सुरु गरेको अभियानको आफ्नो पति समर्थन रहेको जनाएका छन् ।

“चीनले जहिले पनि हामीमाथि गलत गरिरहेको छ र हामीलाई धोका दिँदै आएको छ । हाम्रो भारत सरकारको निर्देशन अनुसार चिनियाँ सामग्री बहिष्कारको अभियानमा छौं ।हामी हरेक कुरा भारतीय उत्पादन नै प्रयोग गर्न चाहन्छौं,” जम्मुको रघुनाथ बजारका प्रमुख सुरिन्द्र महाजनले भने ।उनले भने, “चिनियाँ सामग्री प्रतिबन्ध गर्नु राम्रो काम हो । चीनले हामीलाई धोका दिएको छ । चीन मित्रराष्ट्रको योग्य छैन र बहिष्कारको योग्य छ ।”

स्रोत: Publicnews