July 28, 2021

च्यालेन्ज नेपाल

नयाँनयाँ घटनाको ताजा जानकारीको लागी च्यालेन्ज नेपाल

लौ आयो दुख लाग्दो खबर पत्रकार दम्पतीलाई समेत कोरोना पुष्टी

राष्ट्रिय समाचार समिति (रासस) चितवनका प्रमुख नारायण अधिकारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपाल पत्रकार महासङ्घ चितवनका उपाध्यक्षसमेत रहेका अधिकारीको बुधबार चितवन मेडिकल कलेजको कोभिड–१९ ल्याबमा गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस अघि मङ्गलबार उनकी धर्मपत्नी सुजाता पोखरेललाई सङ्क्रमण पुष्टि भएको थियो ।

उनीहरु दुवै जना होम आइसोलेसनमा रहेका छन् । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नियमित रिपोटिङमा हिड्ने क्रममा आफू सङ्क्रमित भएको अधिकारीले बताए ।

उनले भने, “मेरो स्वास्थ्य अवस्था अहिले सामान्य छ, हल्का टाउको दुख्नु बाहेक अन्य लक्षण देखिएको छैन ।” चितवनमा बुधबार एकैदिन ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्रोत दैनिक अन्लाइन

यो भिडियो हेर्नुहोस..