ज्ञापन पत्र बुझाएको हप्तौ बितेपनी कुनै सुनुवाई नभएपछी युबाहरु आक्रोसित

समाचार

उदयपुर, असोज 12
रौतामाई गाउँपालिकाले स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा सूचना लुकाएको बिषयमा वडा नम्बर ७ का स्थानीय युवाहरुले सामाजिक दुरिकायम गरी साङ्केतिक बिरोध प्रर्दशन गरेका छन्।
गत केही हप्ता अघि ३४ लाखको औषधि खरिद प्रकृयामा रौतामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत माधव प्रसाद खतिवडाले अनियमितता गरेको बारेमा आएका समाचार र अडियो भिडियोमा उल्लेख भएअनुसार गाउँपालिका अध्यक्षले फोनमा आफूलाई जानकारी नभएको भनेर बताएका थिए।
तर, केही दिनपछि गाउँपालिका अध्यक्षले उक्त अनियमितता खरिद प्रकृयाको जो दोषी ठहरीएका थिए, उसलाई बचाउ गर्ने किसिमले विज्ञप्ति निकालिएपछि त्यसको बिरोधमा वडा नम्बर ७ का युवाहरुले नारा जुलस गर्नुका साथै ज्ञापन पत्र बुझाएका हुन् ।
युवाहरूले विभिन्न नारा लेखिएका प्ले कार्ड शरिरमा टाँसेर शान्ति जुलुस गर्दै मुर्कुची बजारका मुख्य चोकहरूमा परिक्रमा गरी ७ नम्बर वडा कार्यालयमा पुगी कोण सभामा परिणत भई गाउँपालिका अध्यक्ष समक्ष पुर्याउनका लागि वडाअध्यक्ष उत्तर कुमार मगरलाई ज्ञापन पत्र बझाएका थिए ।
ज्ञापन पत्र बुझाउन अघि ज्ञापन पत्र स्थानीय जुझारु युवा प्रलाद कार्कीले पढेर सुनाएका थिए ।
उक्त ज्ञापन पत्रमा उल्लेख गरिए अनुसार रौतामाई गाउँपालिकाको प्रशासनीक काम कारबाही र खरिद प्रकृया बारे विगत केही दिन देखि विभिन्न संचार मध्ययममा आइरहको समाचार र अडियो भिडियोलाई अध्ययन गर्दा वास्तवमै अनियमितता भएको कुरा हामी सम्पूर्ण युवाहरुले महसुस गरेका छौं । साथै, सो विषयमा रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले निकाल्नु भएको विज्ञप्तिले हामी सम्पूर्ण गाउँपालिकाबासीलाई निरास तुल्याएको छ । सो घटना तत्कालिन निमित्त प्रमुख प्रशासकिय अधिकृत माधवप्रसाद खतिवडाले अख्तियारी र सूचना लुकाउने काम गरेको स्पष्ट देखिन्छ ।
यसमा अन्य महत्वपूर्ण कुराहरु बुँदागत रुपमा पनि उल्लेख गरेका छन् । बुँदासँगै अन्त्यमा गाउँपालिका अध्यक्षले निकालेका विज्ञप्ति फिर्ता गरी निश्पक्ष ढंगले छानबिन गरी दोषीलाई कारबाहीका लागि प्रकृया अगाडी बढाउन ज्ञापन पत्र मार्फत अनुरोध गरेका छन् ।
ज्ञापन पत्र स्थानीय सचेत युवाहरु सुजन दाहाल, प्रलाद कार्की, गजेन्द्र लायो मगर, कुमार थापा मगर, बिशाल तामाङ, सन्देश खड्का, धुर्व आले लगायतका थुप्रै युवाहरुले हस्ताक्षर गरी बुझाएका थिए ।
तर ज्ञापन पत्र बुझाएको झन्डै एक हप्ता बढी हुदा पनि न त वडा कार्यलयबाट नै कुनै सुनुवाई आयो न त पालिका कार्यलयबाट नै यसरी यति समय बित्दा पनि कुनै चासो नदेखाए पछी स्थानीय युबाहरु अझ आक्रोसित भएका छन् साथै युवाहरुले सकारात्मक सोचका साथ ज्ञापन पत्र बुझाएको र सत्य तथ्य कुरा के हो सबैले स्पस्ट जानकारी नपाए युवाहरुले पालिका कार्यलय घेराउ गर्ने भएका छन् सबै कुरा स्पस्ट नभए आक्रोसित युवाहरुले पालिका कार्यलय समेत तोडफोड गर्ने कुरा जानकारी गराएका छन् |

यो भिडियो हेर्नुहोस तपाइको लागी महत्वपुर्ण छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *