September 26, 2021

च्यालेन्ज नेपाल

यो पोस्टको बारेमा पुरा विवरण हेर्न यहाँ थिच्नुहोस

हेर्नुहोस आज सुनको मुल्य साउन यताकै सबै भन्दा सस्तो

नेपाली बजारमा आज सुनको मुल्य लामो समयपछि सस्तो भएको छ ।गत साउन २८ गते तोलाको ९५ हजार ४ सय मा कारोबार भएको सुनको मुल्य त्यसपछि आजको दिन सस्तोमा कारोबार भएको हो

आज छापावाल सुनको मुल्य प्रतितोला ९५ हजार ५ सय र तेजावी सुनको मुल्य ९५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साउन महिनाको अन्तिम सातादेखि कुनैपनि दिन सुनको मुल्य यति सस्तो भएको थिएन । साउन महिनाको २३ गते प्रतितोला १ लाख ३ हजार ५ सय मुल्य कायम भएको सुनको मुल्य अहिलेसम्मकै सर्वाधिक महंगो हो । सोही महिनाको २८ गते ९५ हजार ४ मा कारोबार भएको सुनको मुल्य त्यसपछिको दिनमा आज नै सस्तो भएको महासङ्घले जनाएको छ ।

भाद्र महिनाको २ र ३ देखि १ लाख ४ सय मा कारोबार भएको सुन भाद्र महिनाको २३ गते ९५ हजार ८ सय मा कारोबार भएको थियो उक्त मुल्य नै भाद्र महिनाको सबैभन्दा सस्तो मुल्य हो ।

असोज महिनाको पहिलो दिन ९६ हजार ६ सय मा कारोबार भएको सुनको मुल्य हिजोसम्म बढ्दो क्रममा थियो भने आज ओरालो लागेको हो ।

सुनको मुल्य ओरालो लागिरहँदा चाँदीको मुल्य पनि तोलामा ९० रुपैंयाले घटेर १२ सय ३० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
स्रोत संखारापुर अन्लाइन
यो भिडियो हेर्नुहोस आनन्द लिनुहोस्