July 27, 2021

च्यालेन्ज नेपाल

नयाँनयाँ घटनाको ताजा जानकारीको लागी च्यालेन्ज नेपाल

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

उदयपुर भाद्र 2
नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएको छ भने केराबारीमा गएको पहिरो पन्छाउने काम भइरहेको छ ।

पहिरोसँगै झरेको लेदोले करिब १०० मिटर सडक ढाकेको उहाँले जानकारी दिए ।

पहिरो पन्छाउन तीन घण्टासम्म लाग्नसक्ने भट्टको अनुमान छ ।

पहिरोका कारण सो सडकखण्ड हँुदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन् ।

सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ ।
स्रोत दैनिक अन्लाइन
यो झन् महत्वपुर्ण छ हेर्नुहोस भिडियो