भ्रष्टाचारीका सामु किन झुक्छ हाम्रो शिर ?

रास्ट्रिय

उदयपुर भाद्र 2
कुनै पनि नयाँ संविधान ल्याउनु त्यति सजिलो कुरा होइन। यसका लागि संसारमा जहाँ पनि ठूला ठूला बलिदानीका घटनाहरु भएका छन्। नेपालमा ल्याइएको संघीय लोकतान्त्रितक गणतन्त्र नेपालको संविधान २०६५ ले पनि बलिदानीको कथा बोकेको छ। वास्तवमा यो मानव परिश्रम र अर्थतन्त्रको आडमा मानव परिश्रम र अर्थतन्त्रको बलीदानी पश्चातमात्र आएको छ।

नेपालको संविधान ले ३३ वटा मौलिक हक र अधिकार सुनिश्चित गरेको छ। धारा २१ बमोजिमको अपराध पीडितको हकजस्तो दिगो सोच राखी यो संविधान निर्माण गरिएको छ। एउटा कल्याणकारी राज्य, जसमा राज्यले नै आफ्ना सन्तानहरुको हक अधिकारको रक्षा गरी उनीहरुको जीवन सजिलो बनाउन टेवा पुरयाउँछ, पुर्याउनु पर्दछ।

हो, त्यस्तो राज्य बनाउने परिकल्पनाको साथमा र त्यस्तो राज्य बनाउन सहज होस भनेर ३ तहको सरकार र उनीहरुको जिम्मेवारी, जिम्मेवारी ननिभाएको खण्डमा व्यहोर्नु पर्ने दायित्व र उनीहरुको क्षेत्रअधिकारको सीमा फराकिलो बनाई हाम्रो अहिलेको संबिधान एउटा किताबमा लेखियो र सो संविधान बमोजिम काम कर्वाही अगाडि बढाउन चाहिने दक्ष मानिएको जनशक्ति पनि हामीले आम चुनावमार्फत नै चुन्यौ भन्नु पर्यो।

तर, हामीले चुनेका अब्बल मानिएका हाम्रो देश हाँक्ने नेताहरुले कल्याणकारी राज्य त के, साधारण मौलिक हक अधिकार दिलाउन थोरै पनि काम गर्न सकेका छैनन् वा प्रयाससमेत गरेका छैनन् भन्न सकिन्छ।

ठूलो मूल्य चुकाएर संविधान बन्यो, राज्य संचालनका अंगहरु बने र त्यसका लागि लोकतान्त्रिक विधि पद्धतिमार्फत जनताले आफ्ना प्रतिनिधि पनि चुने तर त्यही संविधानले प्रत्याभूत गरेका जनताका अधिकार जनताले उपभोग गर्न पाएका छैनन् बरु अधिकारविहीनझैं निरीह बनेर नै बस्नु परेको छ। तर किन? गल्ती कसको त यस्तो अवस्था आउनुमा?

नयाँ पिँढी भनिने शब्द एकदम हिट छ अहिले। नयाँ पिँढीलाई सुम्पिनु पर्छ, नयाँ पिँढीको जोस र सोचले नेपालको मुहार फेर्न सकिन्छ जस्ता नाराहरु आजकाल एकदम फेसनमा छन्। तर, ती कुन नयाँ पिँढी वा युवा? त्यही पुराना भ्रष्ट नेतालाई गुरु मानेर हुर्केको नयाँ पिँढी?

गल्ती हामी जनताको पनि हो। २००७ सालदेखि अहिलेसम्म हेर्ने हो भने, देशको अर्थतन्त्रमा लुट मच्चिइरहेको कुरा हरेक नेपालीका घर घरलाई थाह छ, जनजनलाई थाहा छ। न्यायालय, कार्यपालिका र ब्यवस्थापिका अन्तर्गत को—को भ्रष्ट छन् भन्ने नाम तोकेर दाह्रा किट्दै चियापान गर्दा एक अर्कासँग यस्तो परिस्थितिको रिस पोख्ने पनि गर्छौ हामी।

भ्रष्टाचारीहरु बिरुद्ध दाह्रा पनि किट्छौं तर जव हामी त्यही भ्रष्टको सामुन्ने पर्छौं नि अनि हामी के गर्छौं? नलजाई भन्ने हो भने हामी उसलाई शिर झुकाइ नमन गर्छाैं। हाम्रो संस्कारले अरुलाई सम्मान गरेको त ठीक हो तर संस्कारले भ्रष्टको खिलाफ आवाज र कार्वाही पनि गर्नुपर्छ भनेर भनिएको कुरा चाँहि हामी बिर्सन्छौँ, किन? आफ्नो सानो स्वर्थका लागि । भनेपछि हामीले पनि त देशको यस्तो हालत बनाउन उत्तिकै सहयता गरेका रहेछौं, भ्रष्टलाई नै आँट भरिरहेका छौं।

भ्रष्टाचारमा हामी यसरी लिप्त भएको कारण दिगो विकास हुन नसकेको र यस्को समाधान गर्नुपर्दा पूरै राजनीतिक प्रणालीलाई नै बदल्न जरुरी भएको यथार्थ हामी सामुन्ने नै छ। तर खुल्लम खुल्ला लुट मच्चिँदा पनि कोही केही बोल्दैनन्, हामी सधैँ झैँ चुप नै छौं।

देश भित्रभित्रै खोक्रो भएको देखेर बुझेर पनि हामी समाधान खोज्नेतिर अझै लागेका छैनौं बरु निडर गोर्खाली, बुद्धको जन्मभूमि र सगरमाथाको देश भनेर आफूलाई गर्व गर्ने बाटो खोजेर हो हल्ला गर्दै छाती फुलाउँछौं। हामीभन्दा निकै तरक्की गरेका अरु देशलाई गाली बर्षाउँदै रमाउनेमा हामी निकै अगाडि छौं तर आफ्नो देशमा भैरहेको लुटको खिलाफमा एक शब्द बोल्दैनौं, बोल्न सक्दैनौं।

यो कस्तो बिचार शक्ति हो खै ?

एउटा उदाहरण, लामो अन्तरालदेखि चल्दै आएको निरङ्कुशताका बिरुद्धमा हतियार पनि उठाइयो। निमुखालाई उनीहरुको हकको पैसा भन्दै पैसा बाँडियो, बहुबिवाह गर्नेलाई मुण्डन गरेर सबको सामु बेइज्जत गरियो, पिछडिएको जातलाई न्याय दिएकोजस्तो पनि गरियो, जनतामा परिवर्तनको आशा जगाइयो अनि त्यो आशाको जगमा १५ वर्ष जनयुद्ध भयो र गणतन्त्रको स्थापना पनि भयो तर जुन आशाको जग लिएर गणतन्त्र ल्याइयो त्यो जग स्वयम् माओवादीले नै भत्काए अहिले आएर। आन्दोलन सुरु गर्दा जुन कर्य गलत हो भनेर नाराबाजी गर्दै हिँडे, त्यही कार्य आफैले गरेर कुख्यात भए।

शब्दमा कांग्रेसको अगाडि ‘नेपाली’ लेख्दैमा नेपालको आफ्नै र नेपालको भलो चिताउने पार्टी भनेर बुझ्नु नै हामी सबैको गल्ती हो। भारतमा सुरु भएको थियो नेपाली काँग्रेसको नेपाल बनाउने यात्रा। जुन यात्राको हरेक पाइला भारतकै इसारामा चल्ने गरेको कुरा हामी सबैलाई थाहा नै छ तर पनि त्यही पुराना नेपाली काँग्रेसका नेता जो भारतको कठपुतलीको रुपमा चिनिएका छन्, जसले भारतको हित र नेपालको कुभलो हुने काम अगाडि बढाउन कुनै कसरत बाँकी राखेनन्, त्यस्तो नेताको पछि हामी अझै आफ्नो स्वार्थ पूरा गर्न लागि नै परेका छौं। अनि समाजमा अरुको अगाडि चैँ सरकारले यो गरेन, सरकारले त्यो गरेन भनेर ताना दिँदै कत्तिन देश प्रेमी भएसरहको ढोङ पिट्छौँ।

एमाले र काँग्रेसको मिलेमतोमा नै भारतको हितको निमित्त काम गरिरहेका प्रशस्त उदाहरणहरु छन्। यीमध्ये एउटा टनककपुर सन्धि पनि हो। नेपाली कांग्रेसले टनकपुर सन्धि भारतकै भलोको निमित्त गर्यो भने टनकपुर सन्धिको छानबिन आयोगमा बसेका एमालेका अब्बल नेता पनि मौन नै रहे। यो सन्धिले नेपालको १ प्रतिशत पनि हित नचिताएको प्रष्टसँग देखिन्छ।

यस्तै कालापानी, लिम्पियाधुरामा भारतले बाटो बनाउँदसम्म नेपाली काँग्रेस, नेपालकै अर्को ठूलो पार्टी एमाले, अनि आगोको सकारात्मक पाटोजस्तै, न्यानोपनको आनन्दजस्तै ठूला कुराले जनताको मन पगाल्दै तिनै जनतालाई आगोमा नै धकेल्दै आएका माआोवादीका नेताले पनि एक शब्द पनि बोलेनन्।

अनि भारतले कालापानीमा सडक बनाएको समाचार आएपछि जनताको नाटकीय २ दिने बिरोधमा साथ दिँदै भारतको खिलाफ आवाजमात्र उठाइयो तर कुनै ठोस कदम भने चालिएन । यस्तो हुँदासम्म पनि हामी अझै तिनै पात्रहरुलाई समर्थन जनाइरहेका छौँ, कति मुर्ख छौं त हामी?

नयाँ पिँढीलाई शासन हस्तानतरण गर्न जरुरी हैन, यो त एउटा निरन्तर प्रक्रिया हो। यो कुरा बुझेर नैतिक शिक्षा, देशभक्ति र अनुशासनको घेरामा हुर्किएका युवाहरुलाई छानेर मौका दिने हो भने बल्ल हामीले सोचेकोजस्तो परिवर्तन ल्याउन युवा पुस्ता सक्षम होलान्। तर अहिलेलका भ्रष्ट नेताहरुलाई गुरु मानेर हुर्केर राजनीतिमा छिरेका युवा नेतालाई शक्ति हस्तान्तरण गर्दा हामीले सोचेकोजस्तो नेपालको मुहार कुनै हालतमा पनि फेरिदैँन, मात्र फेरिन्छ ती कथित युवा नेताको आफ्नो आर्थिक मुहार। र, अहिले भएको पनि त्यही हो।

नयाँ पिँढी भनिने शब्द एकदम हिट छ अहिले। नयाँ पिँढीलाई सुम्पिनु पर्छ, नयाँ पिँढीको जोस र सोचले नेपालको मुहार फेर्न सकिन्छ जस्ता नाराहरु आजकाल एकदम फेसनमा छन्। तर, ती कुन नयाँ पिँढी वा युवा? त्यही पुराना भ्रष्ट नेतालाई गुरु मानेर हुर्केको नयाँ पिँढी? हाम्रो नयाँ पिँढीको ९९ प्रतिशत जनशक्ति अरुलाइ हेपेर, अरुको मेहेनतको फाइदा लिएर आफ्नो स्वार्थ पूरा गर्नको निमित्त मात्र लागि परेका छन्।

यसको उदाहरण खोज्न अन्त जानै पर्दैन, हाम्रो अहिलेकै क्याबिनेटमा रहेका युवा नेता भनिने मन्त्रीहरुलाई नियाले पुग्छ । युवा नेता हैनन् र? शक्ति हस्तानतरण पनि भैसक्यो त। तर, हामी सबै उनीहरुले चालेका कदमहरु कत्तिको देश र जनताहो हितमा छन् भनेर औंला भाँच्न सक्छौं त? अवश्य सक्दैनौं किनकि औंलोमा गनिने गरिको काम पनि ती युवा नेता भनिने मन्त्रीहरुले गर्न सकेका छैनन्।

अझ एउटा मन्त्रीको हैसियतले जनतासामु बोल्दाको प्रस्तुति कस्तो छ उनीहरुको? भन्ने प्रश्नको उत्तर दिँदा, को उनीहरुको तारिफ गर्न लायक एक शब्द पनि पाइँदैन। अनि यस्ता युवा पुस्तालई हस्तानतरण गरेर देश उन्नतिको बाटोमा लाग्छ भन्नु हाम्रो आफ्नै मुर्खता नभए के हो त?

नयाँ पिँढीलाई शासन हस्तानतरण गर्न जरुरी हैन, यो त एउटा निरन्तर प्रक्रिया हो। यो कुरा बुझेर नैतिक शिक्षा, देशभक्ति र अनुशासनको घेरामा हुर्किएका युवाहरुलाई छानेर मौका दिने हो भने बल्ल हामीले सोचेकोजस्तो परिवर्तन ल्याउन युवा पुस्ता सक्षम होलान्।

तर अहिलेलका भ्रष्ट नेताहरुलाई गुरु मानेर हुर्केर राजनीतिमा छिरेका युवा नेतालाई शक्ति हस्तान्तरण गर्दा हामीले सोचेकोजस्तो नेपालको मुहार कुनै हालतमा पनि फेरिदैँन, मात्र फेरिन्छ ती कथित युवा नेताको आफ्नो आर्थिक मुहार। र, अहिले भएको पनि त्यही हो।

यस्तो परिस्थिति हुँदासम्म नि हामी चुप नै छौं। किन ? किनकि, हाम्रो स्वार्थ त्यहाँ जोडिएको छ। जनता र सरकारको मिलेमतोमा संविधान र कानुनको मजाक बनाइएको छ। देशमा संकट आउँदासमेत सरकार र हामी नेपाली नागरिकमध्येका नै एकले अनियमितता गर्न कुनै पछुतो नमानेको यथार्थ सामुन्ने नै छ।

मन्त्रीले भ्रष्टाचारको बाटो खन्न थालिसकेको कुरा बाहिर आउँदासमेत केही ठोस कदम नचालिएको, ज्यानमारालाई अदालतले बिना कुनै ठोस प्रमाण सजाय घटाएर मुक्ति दिँदा, २ दिनको नाटकीय बिरोधमै सिमित रहन्छौँ हामी।

राष्ट्रिय ध्वजावाहकका वायुयान खरिदमा होस या अन्य कुनै सरकारी खरिद प्रक्रिया वा सरकारी काममा होस, सबैमा भ्रष्टाचारको कालो बाक्लो बादल छाएको कुरा पब्लिक डोमेनमै आइसक्दासमेत केही हुँदैन भने, पुरानमा जस्तै कृष्णको जस्तो रणनीति तयार गर्ने र अर्जुनको जस्तो योद्धा खोज्ने सिवाय अरु कुनै बिकल्प नै छैन।

(लेखक पन्तले अष्ट्रेलियाबाट कानूनमा स्नातकोत्तर गरेका छन् )
स्रोत dcnepal
यो पनि महत्वपूर्ण छ हेर्नुहोस भिडियो…

Leave a Reply

Your email address will not be published. Required fields are marked *