June 21, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

कसले जित्यो नेपाल आइडल सिजन -3 को उपाधि हेर्नुहोस

१२ भदाै, उदयपुर । नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले जितेकी छिन । शुक्रबार भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचालिन । तेस्रो सिजनको नेपाल आइडलको फस्ट रनरअप प्रवीण बेडुवाल भए भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले पाएका छन ।
अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा घोषणा गरेका हुन्। एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो ।

सज्जाले नेपाल आइड–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् । सज्जा मोरङ पथरीकी हुन ।
स्रोत दैनिकी.Com
यो झन् महत्वपुर्ण छ हेर्नुहोस..