July 27, 2021

च्यालेन्ज नेपाल

नयाँनयाँ घटनाको ताजा जानकारीको लागी च्यालेन्ज नेपाल

जाने भयो यी ३ मन्त्रीको पद , अब मन्त्री को बन्दै छ त?

उदयपुर : नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद अन्त भएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुर्नगठनको तयारी गरेका छन् । नेकपाभित्र मन्त्रिमण्डल पुर्नगठनको तयारीसँग ओलीको विरोध गर्नेहरु चुपचाप भएका छन् । ओलीले मन्त्रिमण्डल पुर्नगठन र केही मुख्यमन्त्रीहरु हेरफेर गरेर पाँच वर्षे कार्यकाल सुनिश्चित गर्ने रणनीति बनाएका छन् ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागको अडानबाट पछि हटेपछि विवाद लगभग अन्त भएको हो ।

ओलीका आलोचकहरु सुरेन्द्र पाण्डे, जर्नादन शर्मा, पम्फा भुषाललाई मन्त्री बनाउने आशा देखाएपछि चुप भएका छन् । अब यीमध्येबाट अधिकांश मन्त्री बन्ने चर्चा चलेको छ ।प्रचण्ड आफ्नो पक्षबाट मन्त्री भएका रामबहादुर थापा बादल र लेखराज भट्टको बर्हिगमन चाहिरहेका छन् । उनीहरुले अप्ठ्यारो पर्दा साथ नदिएको भन्दै प्रचण्डले आफ्नो कोटामा नपार्ने विश्वस्त स्रोतले जानकारी दिएको छ । माधव नेपालले योगेश भट्टराई र घनश्याम भुषाललाई साथ नदिने बुझिएको छ । दुवैले आफूलाई साथ नदिएको भन्दै अब मन्त्रीका लागि अन्य नाम लाने नेपालको तयारी छ । उनको कोटाबाट भीम रावल र सुरेन्द्र पाण्डेको सम्भावना बलियो छ

यो पनि पढ्नुहोश: कोरोना भाइरसको महामारी फैलिएसँगै यसको संक्रमणबाट बच्नका लागि विभिन्न प्रकारका उपायहरु अपनाउने गरिएको छ । त्यसमध्येका एक हो सेनिटाइजर । तर, सेनिटाइजर भन्ने वित्तिकै कुन कम्पनीको वा कुन ब्रान्डको सेनिटाइजर गुणस्तरिय हुन्छ भन्ने आम ग्राहकले अवसर नै पाएका छैनन ।नाम चलेका कम्पनीहरुले पनि सस्तो दामको लोभमा गुणस्तरहिन सेनिटाइजर बजारमा पठाइरहेका हुनसक्छन् । विश्व स्वास्थ्य संगठनले गुणस्तरिय सेनिटाइजरका केहि मापदण्ड तय गरेको छ । त्यसमध्ये सेनिटाइजरमा प्रमुखरुपमा प्रयोग हुने अल्कोहलको मात्रा ७० देखि ८० प्रतिशत हुनुपर्ने उल्लेख गरेको छ ।

यसरी थाहा पाउनुहोस् अल्कोहलको मात्रा:बजारमा पाइने सेनिटाइजरमा कति प्रतिशत अल्कोहल छ भनेर कसरी थाहा पाउने भन्ने विधि कसैलाई पनि थाहा छैन । सेनिटाइजरमा भएको अल्कोहलको मात्रा थाहा पाउन आटाको पिठो मार्फत गर्न सकिने विधि पत्ता लागेको छ ।सबैभन्दा पहिला सेनिटाइजरलाई कुनै एउटा भाडोमा राख्नुहोस र त्यसमा केहि चम्चा आटाको पिठो राख्नुहोस र मुछ्ने प्रयास गर्नुहोस् । यदि सेनिटाइजरमा ७० देखि ८० प्रतिशतसम्म अल्कोहल रहेछ भने आटा डल्लो पर्दैन । यदि आटा डल्लो परेन भने त्यो सेनिटाइजर गुणस्तरिय छ ।

त्यस्तै, अर्को विधि अनुसार एउटा टिश्यू पेपर लिनुहोस र त्यसको बिचमा सानो प्वाल पार्नुहोस र त्यो प्वालमा एक थोपा सेनिटाइजर हाल्नुहोस् । यसो गर्दा उक्त सेनिटाइजर त्यो प्वाल भन्दा बाहिरतिर फैलिदै गयो र धेरैबेर सम्म यसको दाग देखियो भने त्यो सेनिटाइजर नक्कली हो । र, उक्त प्वालमा हालेको केहि समय पछि नै त्यसको दाग देखिएन भने त्यो सक्कली हो ।त्यसैगरि, एउटा कचौरामा सेनिटाइजर राख्नुहोस र उक्त कचौराको सेनिटाइजरलाई हेयर ड्रायर वा पंखाले उडाउने कोसिश गर्नुहोस् । यदि ५ देखि ७ सेकेन्डमा उक्त कचौरा सुख्खा भयो भने त्यो सेनिटाइजर सक्कली हो ।
स्रोत कास्की खवर