६ जिल्लामा ५ सय बढी को’रोना संक्रमित, ३ जिल्ला संक्रमणमुक्त

कोरोना बिशेष

उदयपुर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा ६ जिल्लामा ५ सय भन्दा बढी सक्रिय को’रोना संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
यी हुन ५ सय भन्दा बढी को’रोना सं’क्रमित भएका ६ जिल्ला

पर्सा
महोत्तरी
रौतहट
काठमाडौं
मोरङ
सर्लाही

यसैगरी हालसम्म ३ जिल्ला को’रोना संक्रमणमुक्त भएका छन् । जसमा म्याग्दी, मुस्ताङ र हुम्ला रहेका छन् । ती जिल्लामा रहेका सबै को’रोना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जानकारी दिएको हो ।

नेपालमा आइतबार थप ८१८ जनामा को’रोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै को’रोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा को’रोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८ हजार ६३१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सं’क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार आज थप ३ जनाको को’रोनाले मृ’त्यु भएसँगै ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।
स्रोत खवरह्युब

Leave a Reply

Your email address will not be published. Required fields are marked *