उदयपुर,
भान्टा सबैको भान्सामा पाक्ने तरकारी हो । यो खानामा निकै स्वादीलो हुृन्छ । तर कतिपयलाई भने यो मन पर्दैन ।
प्रकाशित मिति : भाद्र ५, २०७७ शुक्रबार
भान्टा सबैको भान्सामा पाक्ने तरकारी हो । यो खानामा निकै स्वादीलो हुृन्छ । तर कतिपयलाई भने यो मन पर्दैन ।
बैगुन, भण्टा, भेण्टा वा भण्टा अनेकन नामले चिनेन भाण्टामा धेरै मानिसले रुचाउँदैनन् ।
भाण्टा खाँदा चिलाउँछ भन्ने सोचका कारण मानिस स्वादिलो भए पनि भाण्टालाई नरुचाएको पाइन्छ ।
तर भाण्टाको सेवनले चिलाउने होइन यसमा भएको बहुगुणी पोषणले शरीरलाई अत्यन्त धेरै फाइदा पुर्याउँछ । तसर्थ भाण्टा खादाँ शरीरमा निकै धेरै फाइदा मिल्दछ ।
यस्तो छ भाण्टा खादाँ शरीरमा हुने फाइदा:
१। भाण्टामा फाइवरको मात्रा प्रचुर हुन्छ । जसले पाचन जन्य समस्या निको पार्दछ ।
२। न्यून क्यालोरी हुने भएकाले यसको नियमित सेवनले वजन नियन्त्रणमा सघाउ पुर्याउँछ ।
३। यसको सेवनले शरीरमा कोलेस्ट्रोल र चिनीको मात्रालाई नियन्त्रण गर्दछ ।
४। भाण्टामा भिटामीन ए, सी, ई, के, वि ६ पाइन्छ ।
५। यसमा क्यालसीयम, आइरन, म्यागनेसियम, फोसफोरस लगायतको तत्व पनि पाइन्छ ।
६। भाण्टाको नियमित सेवनले मधुमेह, मुटु रोगमा समेत लाभ मिल्दछ ।
७। भाण्टाको सेवनले रक्तनलीलाई तन्दुरुस्त राख्ने काम गर्दछ ।
८। भाण्टामा पाइने तत्वले छालालाई सफा, रसिलो र मुलायम राख्दछ ।
९। भाण्टाको रस कपालमा लगाउँदा जरा बलियो हुन्छ ।
१०। भाण्टामा अत्यधिक मात्रामा पाइने पोली फिनोलले क्यान्सरबाट जोगाउँछ ।
११। यसको बोक्रामा पाइने एन्थोसाइनिन फाइटोले मतिष्कको कोषिका क्षति हुनबाट बचाउँछ ।
१२। भाण्टाको रसको सेवनले शरीरबाट बिषाक्त पदार्थ निकालेर मृगौला स्वस्थ राख्दछ ।
१३। यसको सेवन हाडको स्वास्थ्यका लागि पनि उपयुक्त हुन्छ ।
स्रोत दैनिक अन्लाइन