June 21, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

एकैदिन ६९ हजार जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

उदयपुर,
भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २८ लाख नाघेको छ । यो सँगै भारतमा संक्रमितको संख्या २८ लाख ३५ हजार ८२२ पुगेको हो ।
भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ९८० जनाको मृत्यु भएको छ । ९८० जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ५३ हजार ९९४ पुगेको छ । सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये २० लाख ९६ हजार ६८ जना निको भएर फर्किएका छन् ।
संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म २० लाख ९६ हजार ६८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ८५ हजार ७६० जनाको उपचार भइरहेको छ ।
स्रोत सिम्रिक खवर