नारायणी नदीमा पानीको बहाव उच्च, गण्डक ब्यारेजको सबै ढोका खोलियो

नारायणी नदीमा पानीको बहाव उच्च, गण्डक ब्यारेजको सबै ढोका खोलियो

समाचार

उदयपुर , नारायणी नदीमा पानीको बहाव उच्च भएपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ । पूर्वी नवलपरासीको त्रिवेणीस्थित नेपाल–भारत सिमानामा रहेको ब्यारेजको सबै ढोका खोलिएको हो । नदीको सतह खतराभन्दा माथि पुगेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको हो ।सोमबार ९ बजे ब्यारेजमा तीन लाख १५ हजार क्यूसेक पानी प्रवाह भइरहेको छ । तीन लाख प्रतिक्यूसेक पानीको प्रवाहलाई खतराको सूचक मानिने भएकाले सबै ढोका खोलिएको हो । नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सजगता अपनाउन आग्रह जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले आग्रह गरेको छ । गण्डक क्षेत्रको सुस्ता, सरावल, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकाका तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह गरिएको हो । यसैविच पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका–२ मा पहिरोले घर बगाउदा दुई जना बेपत्ता भएका छन् ।
सोमबार राति खसेको पहिरोले सुतिरहेको अवस्थामा घरसहित ७० वर्षीय शेरबहादुर सार्की र उनकी श्रीमतीलाई बगाएको हो । प्रहरी र स्थानीयले उनीहरुको खोजी जारी राखेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन । भारतमा यही जनवरी १६ मा पहिलो चरणको देशव्यापी खोप अभियान शुरु गरिएको थियो जसमा करिब तीन करोड डोज खोप लगाउने तयारी छ । पहिलो चरणमा सरकारले स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई यो खोप दिँदैछ ।सरकारी अधिकारीहरुका अनुसार आगामी मार्च वा अप्रिलमा शुरु हुने दोस्रो चरणको अभियानमा ५० वर्षभन्दा माथिका सबै सांसदहरुलाई पनि खोप दिने तयारी छ । ‘प्रदेशसभाको बैठक बस्नेबारे अहिलेसम्म त कुनै पनि छलफल भएको छैन्,’ मन्त्री केसीले भनिन्, ‘बैठक बोलाउने समय अझै बाँकी छ । सरकारले आवश्यक ठानेपछि जतिबेला पनि आह्वान गर्न सक्छ ।’अधिवेशन आह्वानबारे अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको र सरकारले अधिवेशन बोलाए सचिवालय बैठक बसाल्न तयार रहेको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए । ‘दुई अधिवेशन बीचको अन्तर ६ महिनाभन्दा बढी गर्न नमिल्ने कानुनी प्रावधान छ, वैशाख ८ गतेसम्म हिउँदे अधिवेशन आह्वान गरिसक्नुपर्ने हुन्छ।

सचिव बुढाथोकीले भने, ‘सरकारले चाहेमा त्यो भन्दा अगावै जतिबेला पनि बोलाउन सक्छ ।’ प्रदेशसभाको बजेट अधिवेशन गत कात्तिक ९ गते अन्त्य भएको थियो । प्रदेशसभाको बैठक सरकारको सिफारिसमा प्रदेश प्रमुखले आह्वान गर्ने प्रावधान छ ।दलभित्रको लडाइँले प्रदेश सरकारहरूमा समेत असर परेको छ । प्रदेश सरकारका मन्त्रीहरू पद जोगाउन खेमा परिवर्तन गर्नेदेखि आफ्नो समूहको भेला र छलफलमा केन्द्रित हुन थालेका छन् । दुई समूहमा विभाजित सांसदहरू सत्ता समीकरणको खेलमा लागेका छन् । प्रदेशसभा अधिवेशन आह्वान गर्दा सांसदहरुले समूह फेरबदल गरी सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउनसक्ने जोखिम कायमै रहेकाले सरकार तत्काल अधिवेशन बोलाउने तयारीमा नरहेको एक सांसदले बताए । ४० सदस्यीय कर्णाली प्रदेशसभामा हाल नेकपाको प्रचण्ड–माधव समूहका २२, ओली समूहका ११, नेपाली कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । ७ सदस्यीय प्रदेश मन्त्रिपरिषद्मा हाल प्रचण्ड–मात्रव समूहको बर्चस्व छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *