September 25, 2021

च्यालेन्ज नेपाल

यो पोस्टको बारेमा पुरा विवरण हेर्न यहाँ थिच्नुहोस

सरुवाअघि युवतीसँग ‘मुडफ्रेस’ गर्दा एसएसपी नै पक्राउ

उदयपुर,
मुलुकमा पछिल्लो समय विभिन्न क्षेत्रका प्रतिष्ठित तथा जिम्मेवार व्यक्तिहरु नै करणी गरेको आरोपमा पक्राउ पर्न थालेका छन् । अघिल्लो वर्ष तत्कालीन सभामुख कृष्णबहादुर महराबाट शुरु भएको प्रकरण अहिले सशस्त्र प्रहरी एसएसपीमा आइपुगेको छ । सशस्त्र प्रहरीको हुल तथा दंगा व्यवस्थापन शिक्षालय, लामपाटन पोखरामा कार्यरत एसएसपी राजेन्द्र अधिकारी करणी गरेको आरोपमा पक्राउ परेका छन् । एसएसपी अधिकारी युवती करणी आरोपमा बुधबार साँझ पक्राउ परेका हुन् ।

बुधबार बिहान साँढे ८ बजे २६ वर्षीया युवती आफ्नो स्कुटी चढेर एसएसपी कार्यालय पुगिन् । कार्यालय परिसरमा स्कुटर राखेर उनी सरासर एसएसपीको निवासमा पसिन्। प्रहरीको निगरानी र सुरक्षा घेराभित्रै रहेको एसएसपीको निवास ती युवती पहिल्यै देखि आउँथिन् । हाकिमलाई भेट्न सधै आइरने युवतीलाई गेटमा रहेका सुरक्षाकर्मीले रोक्ने कुरा भएन् । बुधबार पनि ती युवती विगतमा जस्तै एसएसपीको निवास पसेकी थिइन् । तर यस पटकको घटना भने विगतमा जस्तै गुपचुप रहेन । एसएसपी अधिकारी र युवतीबीचको सम्बन्ध छताछुल्ल हुन पुग्यो । कार्यालयका अन्य सुरक्षाकर्मी चियाको चुस्की लिँदै थिए । तर उनीहरुले बिहानै मदिरामा रमे । एसएसपी अधिकारी र युवती बसेको कोठामा एकाएक डाङडुङ आवाज आयो ।

हाकिम सापको कोठामा के भएको हो ? कार्यालयका अन्य सुरक्षाकर्मीले समेत चासो लिए । युवतीले आफूलाई एसएसपीले करणी गरेको भनी नेपाल प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरिन् । युवतीको फोन लगत्तै सशस्त्रको मुक्तिनाथ बाहिनीका डिआइजी कविन्द्रमान प्रधान र एसएसपी जयकुमार खड्कासहितको टोली एसएसपी अधिकारी बस्ने निवास पुगे । उनीहरु पुग्दा त्यहाँ निकै हल्ला भइसकेको थियो ।

अधिकारीको कोठामा सामान असरल्ल थिए । बेडरुप भताभुङ थियो । प्रधान र खड्कासहितको टोलीले एसएसपी अधिकारीको कोठामा भि’याग्राको ३ वटा खोल समेत फेला पार्यो । उनीहरुको नाजायज सम्बन्ध पुष्टि गर्ने अर्के वस्तु रुमालमा लतपतिएको समेत भेटाए । घटना जाँचबुझपछि अधिकारी पक्राउ परे । अधिकारी आउँदो माघ १ गते अवकास हुने थिए । बुढ्यौली बैशले उनलाई ४९ वर्षको उमेरमा जेल अवस्था पुर्याएको छ ।

गृह मन्त्रालयलाई उनलाई पदबाट निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइसकेको छ । एसएसपी अधिकारी हेडक्वार्टर हलचोक सरुवा भएको थियो । सरुवापछि काठमाडौं जानुअघि उनले ‘मुड फ्रेस गरौ’ भन्दै युवतीसँग त्यस्तो हर्कत गरेको हुन सक्ने स्रोतको अनुमान छ । युवती यसअघि पनि एसएसपी अधिकारीलाई भेट्न आइरन्थिन । तर पहिला भने उनीहरुको सम्बन्ध राम्रौ थियो । तर अहिले युवतीको माग पूरा नहुँदा दुर्घटना भएको हुने सक्ने स्रोतको भनाई छ ।
स्रोत :- news np online