पेट्रोलियम पदार्थको मूल्य बढ्यो

समाचार

उदयपुर,
पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोलिम आइबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाएको हो ।
पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रूपैयाँ बढाइएको छ।

निगमका अनुसार अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १०५ रूपैयाँ र डिजेल प्रतिलिटर ९१ रूपैयाँमा बिक्री हुनेछ।

हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।
स्रोत :- दैनिक अन्लाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *