June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

गाएको पहिरोमा ११ जनाको शव भेटियो ,अरुको ऊद्दार जारि

नेपाल सेनाले शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ मा गएको पहिरोमा परि पुरिएकाहरुको उद्धार तथा खोजी जारी राखेको छ ।

नेपाली सेनाका अनुसार पहिरोमा बेपत्ता भएका ३८ जनामध्ये ११ जनाको शव फेला परेको छ ।

नेपाली सेनाको गोरखबक्स गणबाट सह सेनानीको कमाण्डमा खट्टिएका २५ जनाको खोज तथा उद्धार टोलीले बाँकी हराईरहेका २७ जनाको खोजी जारी राखेको छ ।

आज विहान गएको सुख्खा पहिरोमा परि ३७ वटा घर पुरिएको थियो । उक्त स्थानमा नेपाली सेनाको हेलिकोप्टरद्वारा राहत सामग्री पुर्‍याएको छ ।
स्रोत :- खबरहब बाट