October 25, 2021

च्यालेन्ज नेपाल

सधैँ नयाँ नयाँ जानकारीको लागी..च्यालेन्ज नेपाल

हा’त्तीको आक्र’मणबाट एक जनाको मृ’त्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका-११ स्थित मधुवनमा सोमबार हा’त्तीको आक्र’मणबाट एक जनाको मृ’त्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी दिए ।घरनजिकै रहेको पोखरीको डिलमा गाईवस्तुका लागि घाँस काट्न गएका बेलामा हात्तीले आक्र’मण गर्दा खत्वे गम्भी’र घा’इते भएको स्थानीयवासी राजकुमार साहले जानकारी दिए ।कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हा’त्तीको आक्रमणबाट गम्भी’र घा’इते खत्वेको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृ’त्यु भएको स्थानीयवासी साहले बताए ।

खत्वेको हा’त्तीको आक्र’मणबाट मृ’त्यु भएपछि आ’क्रोशित स्थानीयवासीले आन्दोलन सुरु गरेका छन् । पटक-पटक जङ्गली जनावरको आत’ङ्कका कारणले आफूहरूलाई समस्या भएको भन्दै स्थानीयवासीले यसलाई नियन्त्रण गर्नुपर्ने माग गर्दै बराहक्षेत्रमा विरोध प्रदर्शन सुरु गरेका छन् ।जङ्गली जनावरको नियन्त्रण गर्नुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग गर्दै स्थानीयवासीले विरोध प्रदर्शन गरेको स्थानीयवासी साहले बताए । केही दिन अगाडि मात्र जङ्गली हा’त्तीको आक्र’मणबाट कोशी गाउँपालिका-२ का एक जनाको समेत मृ’त्यु भएको थियो । Onkbr