September 26, 2021

च्यालेन्ज नेपाल

यो पोस्टको बारेमा पुरा विवरण हेर्न यहाँ थिच्नुहोस

काठमाडौंमा केही दिनयता दैनिक १ सय भन्दा धेरै संक्रमित थप, कति थपिए ?

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा दैनिक १ सय भन्दा माथि कोरोना संक्रमितहरु थपिइरहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिकरुपमा गर्दै आएको प्रेसमिटमा प्रवक्ता डा जागेश्वर गौतमले केही दिन यता काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमितको संख्या १ सय भन्दा माथि रहेको हो ।

आज(विहीबार) काठमाडौं उपत्यकामा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ यो पछिल्लो २४ घन्टाको तथ्यांक हो ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा आज १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसअघि बुधबार काठमाडौंमा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको थियो । हिजो काठमाडौंमा १०९, ललितपुरमा २१ तथा भक्तपुरमा ८ जनामा संक्रमण देखिएको थियो ।

त्यसअघि मंगलबार काठमाडौंमा १३२ जना कोरोना संक्रमित थपिएका थिए ।

आज सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १५५९ पुगेको छ। संक्रमितको संख्या काठमाडौंमा १२७८, ललितपुरमा १९१ र भक्तपुरमा ११० पुगेको मन्त्रालयका प्रवक्ता गौतमले बताएका छन्।

आज नेपालमा थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।