July 28, 2021

च्यालेन्ज नेपाल

नयाँनयाँ घटनाको ताजा जानकारीको लागी च्यालेन्ज नेपाल

होसि*यार जताततै नक्कली सेनिटाइजर बेच्दै सक्दो सेयर गरौ

कोरोना भाइरसको संक्रमण फैलने क्रम बढीरहेका बेला प्रदेश १ मा जताततै नक्कली सेनिटाइजर भेट्न थालिएको छ।  पछिल्लो समय आफूखुसी उद्योग खोलेर सेनिटाइजर उत्पादन गर्दै बजारमा ल्याउने क्रम बढेपछि औषधि व्यवस्था विभागले अनुगमन र कार*बाहीलाई तीब्र बनाएको छ । कोरोना भाइरस नष्ट गर्ने भन्दै मापदण्ड पूरा नगरिकन जथाभावी उत्पादन भइरहेका सेनिटाइजर स्वास्थ्यका लागि हानिकारक हुने भन्दै विभागले प्रयोग गर्दा सचेत रहन आग्रह गरेको छ। प्रदेशमा औषधिको उपलब्धता, ढुवानी, बिक्री एवं मास्क र सेनिटाइजर उत्पादन तथा बिक्रीको अवस्थालाई ध्यान दिँदै अनुगमन एवं कारबाही तीव्र पारिएको विभागले जनाएको छ । विभाग विराटनगरका फार्मेसी निरीक्षक दीपेन्द्र खड्का नेत्रृत्वको अनुगमन टोलीले नक्कली सेनिटाइजर झापाको दमकबाट जफत गरेको छ। दमक–४ मा विना अनुमति निश्चल केमिकल वर्क नाम दिएर उत्पादन गरेको नक्कली सेनिटाइजर भेटिएको विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले जानकारी दिए ।

उनका अनुसार लक्ष्मीप्रसाद राईले सञ्चालन गरेको निश्चल फार्मेसीबाट बरामद भए पनि उत्पादन गर्ने कम्पनी कहाँ छ र कसरी सञ्चालन भइरहेको छ भन्ने पत्ता लागि नसकेकाले खोजी थालिएको छ। आफूखुसी उत्पादन गरिएको सेनिटाइजरमा हानिकारक मिथायल अल्कोहल ६५ प्रतिशत प्रयोग गरेको पाइएको कट्टेलले बताए । कट्टेलले मानव स्वास्थ्यका साथै छालामा निक्कै लामो समयसम्म असर गर्ने भएकाले मिथायल अल्कोहल मिसाएर बनाएको सेनिटाइजर प्रयोग गर्न निमल्ने उल्लेख गरे। ‘सेनिटाइजर बनाउँदा ७० देखि ८० प्रतिशतसम्म इथानोल वा आइसोप्रोपायल अल्कोहलको मिश्रण हुनुपर्छ,’ उनले भने, ‘अरु चिजवस्तु मिसाएर बनाइएमा प्रयोग गर्नु निक्कै खतरापूर्ण हुन्छ ।’ उत्पादकलाई सबै आधिकारिक कागजपत्र लिएर विभागमा उपस्थितिका लागि सूचना जारी गरिएको उनको भनाइ छ । उनका अनुसार फर्मेसी सञ्चालक राईले भने आफूलाई सेनिटाइजर उत्पादक थाहा नभएको र बिक्री गरिदिनु भनेर ल्याएपछि आफूले राखिदिएको मात्रै बताएका छन् । विभागका प्रमुख कट्टेलले नक्कली र हानिकारक सेनिटाइजर कतिले खरिद गरेर लगे तथा प्रयोग गरे भन्ने यकीन तथ्यांक नभएकाले यस विषयमा पनि खोजी थालिएको जानकारी दिए।उत्पादकलाई खोजी गरेर औषधि ऐन, उपभोक्ता संरक्षण ऐन वा कालाबजारी ऐन अन्तर्गत एउटा शीर्षकमा कार*बाही गरिने उनको भनाइ छ

यसअघि औषधि विभाग, घरेलु तथा साना उद्योग कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले विराटनगरको मञ्जरी आयुर्वेदिक औषधि उद्योगलाई सेनिटाइजर उत्पादनमा रोक लगाएको थियो। दर्ता नगरि र विभागलाई थाहै नदिइकन आफूखुसी सेनिटाइजर उत्पादन गरिरहेको पाइएपछि रोक लगाउँदै गुणस्तरहीन एवं प्रयोग गर्न अयोग्य सामग्री बनाए वापत उपभोक्ता संरक्षण ऐन २०७५ अन्तर्गत ५० हजार रुपैयाँ जरिवाना पनि गरिएको कट्टेलले बताए ।  त्यस्तै सुनसरीको इहटरी–४ मा शौर्य केमिकल प्रालीले पनि शौर्य ह्यान्ड नामक गुणस्तरहीन सेनिटाइजर उत्पादन गरिरहेको यसअघि पत्ता लागेको थियो । घरमाथि ग्लिसेरिनको बट्टामा घरेलु मदिरा प्रयोग गर्दै अवै*ध ढंगले सेनिटाइजर बनाएर बजारमा बिक्रीका लागि लैजाने गरेको पाइएपछि प्रालीका सञ्चालक अतित गुरागाईँ र अमरजीत गोश्वामीलाई प्रहरीले पक्रा*उ गरेको थियो । २५ दिन हिरासतमा राख्दै प्रहरीले का*लाबजारी ऐन अन्तर्गत चलाएको मुद्दामा उनीहरु अदालतले मागेको दुई÷दुई लाख रुपैयाँ धरौटी रकम बुझाएर छुटिसकेका छन्। विभाग प्रमुख कट्टेलले नक्कली सेनिटाइजर उत्पादन गर्दै आएका विभिन्न आधा दर्जन अवैध प्राली र कम्पनीलाई कार*बाही गर्दै उत्पादनमा रोक लगाएर बन्द गरिसकिएको जानकारी दिए। स्रोत अन्नपुर्णपोस्ट