June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

ठाकुर र महतोसहित चार नेता जसपाबाट निष्कासित

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको कार्यकारिणी बैठकले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई पार्टी सदस्यबाट निष्कासन गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।जसपाले निष्कासनबारे निर्वाचन आयोगलाई पनि जानकारी गराएको छ । आयोगमा दर्ता गरिएको पत्रमा जेठ १७ गते पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणीको बैठकले निष्कासनको निर्णय गरेको उल्लेख गरिएको छ । जेठ ८ गतेको कार्यकारिणीको बैठकको निर्णयअनुसार पटकपटक स्षटीकरण सोध्दा नदिएकाले कार*बाही गरिएको भन्दै आयोगको आफ्नो दलको दर्ता किताबबाट उनीहरुको नाम हटाउन पनि अनुरोध गरिएको छ । स्रोत ekantipur