June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

छिमेकी ह*त्या आ*रोप लागेका युवक पुर्पक्षका लागि थुनामा

सर्लाहीमा आ*गो लगाएर छिमेकीको ह*त्या गरेको आ*रोप लागेका एक व्यक्तिलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।अर्का प्रतिवादीलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिए पनि तिर्न नसकेपछि उनी पनि थुनामा गएका छन् ।गत वैशाख २० गते ईश्वरपुर नगरपालिका-१२ घारीबथानका ५८ बर्षीय सियाशरण राय घर अगाडिको आँप बगैचामा आ*गोले ज*लेर घा*इते भएका थिए । उनको उपचारको क्रममा वैशाख २१ गते काठमाडौंमा मृ*त्यु भएको थियो ।उनलाई पेट्रोल छर्केर आ*गो लगाएको आरो*पमा छिमेकी ३५ बर्षीय शिवजी साह र सुनीता साह पक्राउ परेका थिए ।सोमबार जिल्ला अदालतमा भएको थुनछेक बहसमा शिवजीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।अर्की प्रतिवादी सुनीतालाई अदालतले २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएकामा उनले सो धरौटी तिर्न नसक्दा उनलाई पनि थुना पठाइएको छ । स्रोत अन्लाइन खबर