June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

के तपाईँ सुत्दा घुर्नुहुन्छ ? यसरी हटाउनूस् घुर्ने बानीलाई…

सामान्तया कतिपय मानिसहरुमा सुत्ने क्रममा घुर्ने समस्या हुन्छ । राती निद्रामा घुर्ने यस बानीले स्वयंम व्यक्तिलाई भन्दा पनिसँगैको साथीलाई बढी असर पुर्याइरहेको हुन्छ । घुर्ने समस्या सानो बच्चा देखि वृद्धवृद्धा सबैमा हुन्छ । हाम्रो घाँटी र नाकको स्वासनली अप्राकृतिक ढङ्गले टालिन्छ वा बन्द हुन्छ तब साँघरो नलीबाट छिटो छिटो हावा पार हुने क्रममा घुरेको आवाज आउँदछ । यहि घुर्ने समस्याका कारणले कतिपयको वैवाहिक सम्बन्ध बिग्रिएको पाइएको छ । यदि तपाईहरुमा पनि घुर्ने समस्या छ यसबाट छुटकारा पाउँन चाहानुहुन्छ भने यसो गर्नुहोस् ।-अत्याधिक धुम्रपान,मद्यपान, र लागुऔषधबाट टाढा रहने ।-नियमित रुपमा व्यायाम गर्ने । – सुत्नु भन्दा २ वा ३ घण्टा अगाडी खाना खाने र खाना खाँदा कम मसला हालेर ,चिल्लो पिरो कम खाने ।-सुत्दा उत्ताने परेर नभई कोल्टे परेर सुत्ने ।-सुत्नुभन्दा पहिला मनतातो पानीले शरीर पखालदा दिनभरिको थकान र तनावबाट मुक्त भइन्छ । जसले गर्दा घाँटीको स्वासनलीमा राहत मिल्छ । राती घुर्ने समस्या पनि कम हुदैँ जान्छ ।-मोटोपन घटाउँने ,शारीरक कसरत गर्ने । -राती सुत्दा झ्याल अथवा भेन्टिलेसनबाट थोरै हावा आवजावत हुन दिने ।-प्रशस्त मात्रामा पानी पिउने ।-अत्याधिक मात्रामा घुर्ने समस्या भएमा चिकित्सकको सल्लाह लिने । स्रोत nepalnews