आज थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ३ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३ सय ३८ जनामा संक्रमण देखिएको छ ।
सोमबार मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् । ८ हजार ४ सय ३२ नमुना परीक्षण गर्दा थप ३३८ जनामा कोरोना पुष्टि भएको हाे ।

यसैगरी पछिल्लो २४ घन्टामा निकाे भएर १ सय ४० डिस्चार्ज भएका छन् भने थप ४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *