June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

छिमेकीको कुट*पिटबाट महिला घा*इते

भोजपुरमा ८४ वर्षीया महिला छिमेकीको कुटपिटबाट गम्भीर घाइते भएकी छन् । सामान्य रिसइबीमा उनको कटेरोसमेत भत्काइएको छ । भोजपुर नगरपालिका–१२ टक्सार दाडेगौंडाकी लक्ष्मीमाया तामाङमाथि बिहीबार साँझ छिमेकी ४४ वर्षीया मीना तामाङले कुटपिट गरेकी हुन् । उनको अहिले जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।चिकित्सकले तामाङको घाँटीको हड्डी तीन ठाउँमा भाँचिएको बताएका छन् । घाँटीको उपचार गर्न तत्काल सुविधायुक्त अस्पताल लैजान अस्पतालले सुझाव दिएको छोरा रविनले बताए ।जेठ ६ गते बिहान घरमा एक्लै बसिरहेकी महिलालाई छिमेकी नरबहादुर तामाङको नेतृत्वमा आएको समूहले कुटपिट गर्न खोजेपछि घरबाट भागेर ज्यान जोगाएकी थिइन् । उनी भागेपछि उक्त समूहले एकल उनको गाईबस्तु बाँध्ने टहरा भत्काइदिएको थियो । सोही समूहको उक्साहटमा विहीबार साँझ देउरानी पर्ने मीनाले कुटपिट गरेको तामाङको भनाइ छ ।

घरमा एक्लै बस्दै आएकी ती महिलाले कुटपिटमा संलग्नविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णबहादुर चन्दले बताए । बाजेबराजुको पालादेखि भोगचलन गर्दै आएको जमिनमा निर्मित टहरा भत्काइदिने दस जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्दा दर्ता गराएको छोरा रविनले बताए ।महिलालाई लखेटेको देखेपछि त्यसो नगर्न अनुरोध गर्दा पनि उक्त समूहले नमानेर टहरा भत्काइदिएको अर्का छिमेकी प्रत्यक्षदर्शी अमृत तामाङले बताए । प्रहरीले गम्भीर घाइते महिलाको उपचारमा लाग्ने सम्पूर्ण खर्च कुटपिटमा संलग्नले बेहोर्ने गरी निर्देशन दिएको र ३५ दिनभित्र मृत्यु भए कर्तव्य ज्यानसम्बन्धी कारबाही हुने जानकारी गराएको प्रहरी नायब उपरीक्षक चन्दले बताए । तामाङले भत्काइएको टहरा जस्ताको तस्तै निर्माण गरिदिनुपर्ने र उचित क्षतिपूर्ति पाउनुपर्ने माग गरेकी छन् । From ekantipur