June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

आज सोमवार महादेवको यो मन्त्र जपेर यसरी गर्नुहोस् साधना(पूजा विधि सहित)

संहारका देवता शिव जहां एक तर्फ भगवान शिवलाइ भोले नाथ भनिन्छ र संसारको रक्षक भनिन्छ। त्यहि उनलाइ संहारको देवता पनि मानिन्छ। भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुइटैका लागि विख्यात छन। अन्य देवहरु भन्दा शिवलाइ भिन्न मानिएको छ। सृष्टिको उत्पत्ति, स्थिति एवं संहारको अधिपति शिवनै हुन। त्रिदेवमा भगवान शिव संहारको देवता मानिएको छ। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदि स्रोत हुन। उनको काल र महाकाल स्‍वरूप नै ज्योतिषशास्त्रको आधार हो। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ , तर उनले हमेशा लय एवं प्रलय दुइटै लाइ आफ्नो अधीनमा राखेका छन्।मानिसका आआफ्नै इच्छा हुन्छन् । कोही दैनिक नयाँ नयाँ परिकार खाने अनि कोही भोकै व्रत बस्ने । धार्मिक तथा वैज्ञानिक दुवै कारणबाट हप्तामा एक दिन बस्ने व्रत स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

धर्मशास्त्र अनुसार व्रत शारिरीक स्वास्थ्यको दृष्टि महत्वपूर्ण छँदैछ, बार अनुसारको लाभ पनि फरकफरक रहने विश्वास गरिन्छ । सोमबार व्रत बस्दा के फाइदा हुन्छ रु धर्मशास्त्रमा के भनिएको छ रु तपाईंलाई चासो हुन सक्छ । सोमबारको व्रत बस्दा शिव र पार्वतीको पुजा तथा आराधना गरिन्छ ।धर्मशास्त्र अनुसार, सोमबारको व्रत फलदायी मानिन्छ । सोमबारको व्रतले मानिसका हरेक इच्छा, आकंक्षा पुरा गर्दछ अनि ज्ञान प्राप्ति हुन्छ भन्ने मान्यता रहि आएको छ । विशेष गरी अविवाहित स्त्रीले असल तथा इमान्दार श्रीमान् पाउँछन् भन्ने मान्यता छ ।चिकित्सकहरुले पनि हप्तामा एक दिन खाना नखाई ‘फास्टिङ’ बस्दा स्वास्थ्यलाई राम्रो गर्ने बताउँछन् । तर, बिरामी व्यक्तिले भने, चिकित्सकको राय अनुसार खानपानमा ध्यान दिनु जरुरी छ।शिवको नामहरुको प्रभाव:- सोमवारको दिन शिव जी को पूजा गर्दा उनको निम्‍नलिखित नामहरुको स्‍मरण गर्दा सांसारिक कष्‍ट र मानसिक तनाव बाट मुक्‍ति मिल्छ । यि नामहरु यस प्रकार छन।

ऊं अघोराय नम:, ऊं शर्वाय नम: ऊं विरूपाक्षाय नम:, ऊं विश्वरूपिणे नम:, ऊं त्र्यम्बकाय नम:, ऊं कपर्दिने नम:, ऊं भैरवाय नम:, ऊं शूलपाणये नम:, ऊं ईशानाय नम:, ऊं महेश्वराय नम:शिव पुजा बिधि:- सोमवार शिव पूजनका लागि प्रातस् स्नान आदि नित्य कर्म बाट निवृत्त भएर पवित्र हुनुहोस। तयसपस्चात घरको मंदिर या कुनै शिव मंदिर जाएं जहां भगवान शिवको साथ माता पार्वती र नंदीलाई गंगाजल या पवित्र जल अर्पित गरौ। जल अर्पित गरे पश्चात शिवलिंगमा चंदन, चावल, बिल्वपत्र, अंकड़ेको फूल र धतुरो चढ़ाउ। पूजा संपन्न गर्नका लाहि भगवान शिव लाइ घीउ, शक्करको भोग लगाउ र धूप, दीपले आरती गरौ।मन्त्र:- ऊं नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ऊं’ , नमो नीलकण्ठाय, ऊं पार्वतीपतये नमः, ऊं पशुपतये नम:स्रोत गरौकालिकाखबर