June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

राष्ट्रपतिको पुरै ठेक्का लिएछन् प्रधानमन्त्रीले तपाई के भन्नुहुन्छ?

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले राष्ट्रपतिलाई तपाईँ भनेर सम्बोधन नगरेको भन्दै आ*क्रोश पोखेका छन् । आज काँग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको वक्तव्यको भाषाप्रति असन्तुष्टि जनाउँदै उनले ‘राष्ट्रपतिलाई तपाई समेत भन्ने सभ्यता नेपाली काँग्रेसमा रहेनछ’ भन्दै कटाक्ष गरे । बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सम्बन्धमा देउवाको विज्ञप्तिमा प्रयोग गरिएको भाषामा ‘तिमी, गरिन्’ भन्ने रहेको भन्दै असन्तुष्टि पोखेका हुन् ।  ‘तपाईँ पनि भन्नु हुँदैन राष्ट्रपतिलाई भन्ने ठान्छन् । अस*भ्य तरिकाले बोल्ने तिनै आफूलाई महान ठान्छन् । नेपाली काँग्रेसका सभापतिको त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियान कहाँसम्म पुगेको रहेछ भन्ने अचम्म लाग्यो’ ओलीले भने । स्रोत रातोपाटी