June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

गर्मीमा बालबालिकाको हेरचाह कसरी गर्ने ?

गर्मीमा मात्र होइन जुनसुकै मौसममा पनि बालबालिकाको विशेष हेरचाह गर्नुपर्छ। प्रायजसो बालबालिका बढी बिरामी हुन्छन्।यस्तो बेलामा बालबालिकाको उचित ख्याल नगरे रोगले सताउन सक्छ।वर्षातको समयमा अधिकांश रोग प्रदूषित खाना र पानीका कारणले हुने गर्दछन्।त्यसैले बिरामी हुनबाट बचाउन बालबालिकालाई सन्तुलित आहारविहार शैलीमा जोड दिनुपर्छ।बालबालिकामा प्रतिरक्षा शक्‍ति कमजोर हुने भएकाले मौसम परिवर्तनसँगै छिट्टै रोगले सताउने गर्छ।यस्तो अवस्थामा अभिभावक बढी चनाखो हुनुपर्छ। उनीहरुको खाने र खेल्ने शैलीमा विशेष निगरानी पुर्‍याउनुपर्छ।गर्मीको मौसममा बालबालिकालाई नियमित नुहाइदिनुपर्छ।सानै उमेरका बालबालिकालाई मालिस गरिदिनुपर्छ।मालिसले रक्तसंचारमा महत्वपूर्ण भूमिका खेल्छ।चर्को घाम लागेको समयमा बालबालिकालाई बाहिर खेल्न पठाउनु हुँदैन। घामले कोमल छालामा सोझै असर गर्छ।बरु घाम अस्ताइ सकेपछि साँझपख उनीहरुलाई खेल्न पठाउन सकिन्छ।

स्वस्थ्य राख्न यसो गरौं–  साँझ र बिहानमा एक/एक कप मनतातो पानीमा मह र अमलाको रस मिसाएर खुवाउनुपर्छ।  यसले उर्जा दिन्छ।-  ज्वरो आउँदा वा रुघाखोकी लागेको समयमा तुलसीको पातको रस खुवाउ सकिन्छ। यसले खोकी छिटो सन्चो हुन्छ।- गर्मी मौसममा जण्डिसले सताउने गर्छ। यसबाट बच्न टमाटरको रसमा नुन र थोरै मात्रामा मरिचको पाउडर मिलाएर  खुवाउनुपर्छ। यसो गर्दा जण्डिस विस्तारै हटेर जान्छ।- मेवामा प्रशस्त मात्रामा भिटामिट ए पाइन्छ । यसको नियमित  सेवनले भिडाबीन ए को कमी हुन दिँदैन।- साँझ र बिहान एक कप पानीमा कागतीको रस मिसाएर खुवाउन सकिन्छ। कागतीले एन्टिबायोटिकको काम गर्ने हुँदा यसको सेवनबाट रोगप्रतिरक्षात्मक शक्ति बढ्छ।-  सागपात, गेडागुडी, दूध र दहीमा विशेष जोड दिनुपर्छ।-  बिरामी भइहाले सम्बन्धित चिकित्सककहाँ जचाउन  हेरचेक्रयाइँ गर्नुहुँदैन। स्रोत अन्नपुर्ण पोस्ट