June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

एमालेका बरिस्ट नेताको कोरोना संक्र*मणबाट नि*धन

नेकपा एमालेका पोलिटब्युरो समिति सदस्य योगनारायण यादवको कोरोना संक्र*मणको कारण नि*धन भएको छ । एमाले धनुषाका सह–ईन्चार्ज समेत रहेका यादव मृगौला रोगबाट पीडित थिए । धनुषाको सबैला नगरपालिका बस्ने यादवको उपचार काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा हुँदै आएको थियो । मृगौला प्रत्यारोपणका लागि उपचाररत रहेका नेता यादवलाई कोरोना संक्र*मणका कारण मृगौला प्रत्यारोपण हुन नसकेको एमाले धनुषाका इन्चार्ज राk

५७ वर्षीय नेता यादव विगत ४ दिनदेखि उपचार हुँदै आएको थियो । तर आज विहान उनको हस्पिटलमै उपचारको क्रममा कोरोना संक्र*मणबाट नि*धन भएको एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले बताए । उनको शवलाई नेपाली सेनाले हस्पिटलबाट लगेर दाहसंस्कार गर्नेबारे छलफल भइरहेको अध्यक्ष यादवले बताए । नेता योगनारायण यादवका दुई श्रीमती र दुई छोरा छन् । उनी राजनीतिमा सक्रिय हुनुपूर्व जिल्ला कृषि कार्यालयमा जेटिए पदमा कार्यरत्त थिए । सरकारी जागिर छाडेर उनी २०५० अघि नै नेकपा एमालेमा सक्रिय थिए । नेता यादव नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट थिए । स्रोत रातोपाटी