September 27, 2021

च्यालेन्ज नेपाल

यो पोस्टको बारेमा पुरा विवरण हेर्न यहाँ थिच्नुहोस

साङ्लोको दर्सन गर्दै हेर्नुहोस् चैत्र ६ गते शुक्रबारको कमेडी राशिफल

मेष राशि
नजिकका उपिया संगको सम्बन्धमा सामान्य खस्रोपन उत्पन्न हुन सक्नेछ । थोरै फलाम खर्चगर्नुपर्ने सम्भाबना रहेकोछ । उडुसको कारण सामान्य बादविवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । भोजभतेर जन्य कार्यमा झिंगा संगै सामेल हुने योग रहेकोछ । सभासम्मेलनमा तपाइको दात फुकाल्दिना सक्छ होसियार साथ उपिया संग बस्नुहोला 😂🤣😄

बृष राशि
नयाँ लामखुट्टेका साथमा नयाँ कार्यक्रम थालनि गर्ने उत्तम समय रहेकोछ । पारीवारिक साथसहयोगबाट ब्यापार ब्यवसायमा थुप्रै फोहोरहरु प्राप्त गर्न सकिनेछ । प्रेम सम्बँन्धमा करेंटको झट्का नै आउनेछ । अध्यन अध्यापनमा त तपाइको बडो अचम्मै हुनेछ । 😂🤣😄

मिथुन राशि
परीवारका सदस्यहरुबाट कुकुर भएको जस्तो महसुस हुनेछ । यात्रामा सामान्य तनाव उत्पन्न भएपनि आनन्द आउला आउला जस्तो आनन्द आउने छैन । गरीरहेको कार्य पिलित्तै खुस्किएर तनाबका कारण सामान्य तरकारीको झमेलामा फसिएला । मानसम्मानमा ठुलै भुकम्प आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्थीक झमेलाले एस्तो सताउनेछ त्यो कल्पनै गर्न सक्नुहुन्न तपाई 🤣😂😆😄

कर्कट राशि
अध्यन अध्यापनमा ब’म पड्किएर ज्यान जान पनी सक्छ । रचनात्मक रिस तथा घमण्डका क्षेत्रमा समय अति उतम रहनेछ । यो आय आर्जन भन्ने क्षेत्रमा जुम्राको साथसहयोग मनग्य प्राप्त रहनेछ । नयाँ दुस्मनको थालनिले मन प्रशन्न हुन पनी सक्छ नहुन पनी सक्छ 🤣😂😆

सिंह राशि
डाडु पनिउको प्रयोगमा समय ब्यतित रहनेछ । कुखुरा चल्लाहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । सभासम्मेलनमा सरिकहुने अवसर प्राप्त रहनेछ तर विचार गर्नुहोला थाहै नपाई तपाइको कट्टु खुस्किन सक्छ । खाने कामका निम्ती अधिक श्रम खर्चनु परेतापनि खाना भने उत्तम नमिठो हुनाले मन प्रशन्न हुन्छ होला तपाइको 😆😂🤣😂

कन्या राशि
सारा दुनियाको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । मनमा उमेर छिप्पिएको आभास हुनेछ बिहे गरौ गरौ लाग्नेछ । माटो ढुंगा पकाएर खानाले निकै फाईदाजनक हुनेछ । केही ब्यतिहरुद्वारा तपाइको मुखको मर्मत गर्न सक्नेछ माक्स लगाएर मात्रै हिड्नुहोला😂🤣😄

तुला राशि
शारिरीक सम्पर्क धेरै भएर कार्य सम्पादनमा तनाव उत्पन्न गराउन सक्नेछ । खानपानका कारण स्वास्थमा केही ग्रह दसा देखापर्नेछ । नयाँ लगानिका गर्ने क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ जहाज पल्टिए झै लगानी पल्टिन सक्छ । यात्रामा सजग रहनुहोला गाडीको चक्का गुड्ने सम्भावना छ । 😂😄😆

बृश्चिक राशि
पारिवारीक सम्बन्धमा सामान्य च्याउ खेति उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । साजेदारीमा नयाँ कार्यको थालनि हुन सक्नेसम्भाबना रहेकोछ । आम्दानिका बिभिन्न श्रोतहरुमा भुसुना फेला पर्नेछन ।😂😆🤣

धनु राशि
भात खाने कार्यक्रममा अब्बल स्थान प्राप्त रहनेछ तपाइले 2 पाथी जति खाएर जित्नुहुनेछ । शुभचिन्तक राँगोहरुको साथसहयोगमा अधुरा कार्यहरु सफल हुनेछन । नयाँ कार्यका निम्ती छेपाराहरु प्राप्त रहनेछन ! खानपानका कारण स्वास्थमा भने अति नै जटिल समस्या देखा पर्नेछ । 😂🤣😆

मकर राशि
तपाईको टाउकोको उचित मुल्याङ्कन हुने समय रहेकोछ । अध्यन अध्यापनका माध्यमबाटँ आम्दानिका निम्ती गाउमा पेट्रोलका श्रोतहरु फेला पर्नेछन । बौधिक तथा बिशिष्ट ब्यत्ती उडुसहरुको रायसल्लाहाले नयाँकार्यको प्रारम्भहुन सक्ने योग रहेकोले उडुसलाई आज नमार्नु’होला । पूराना मित्रजनरु सगँको भेटघाटले तपाइको मुटु खोक्रो रहला ।😂🤣😆

कुम्भ राशि
साथी संग जुद्ने कार्यमा उतम समय रहेता पनि आफन्तजनहरुको साथसहयोगमा भने कमि चोट लाग्नेछ । छोरा तथा छोरी शुख प्राप्त रहनेछ तर पहिले तयारी छैन भने त्यो पनी हुदैन । अस्थाई साधनको प्रयोगमा बिशेष सावधानि अपनाउनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य करेन्ट उत्पन्न हुन सक्नेछ । 😂😆🤣

मीन राशि
तपाइ सगँ पहिले नै भक्कु झगडा परेका आफन्तजनहरु सहजै नजिक हुन खोज्नेछन । खसिबोकाहरुको साथ सहयोग बाँट बिग्रन लागेको काम बिग्रेर सफलता प्राप्त हुनेछ । धार्मिक यात्रामा लाग्नुभयो भने तपाई झन पापी हुन सक्छ । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइको कार्यक्षेत्र उत्पातै बन्नेछ ।😂🤣😆😄
स्रोत:-च्यालेन्ज नेपाल
लेखक:-गोपाल पाख्रिन

नोट:-कृपया तपाईको आफ्नो मात्रै राशिफल हेर्ने गर्नुहोला यसरी सबैको राशिफल हेर्न पाउनुहुन्न तपाइलाई भाटे कारबाही हुनसक्छ 😂😆🤣😁😄😆😂

तपाई युटुबर हुनुहुन्छ भने Youtube मा viewer पुर्याउने सजिलो तरिका फ्रीमा सिक्नुहोस तलको भिडियो हेर्दै