भागरथी भट्टको ब’लात्कारी पहिचान नहुदा एक छात्राले पठाए प्रधानमन्त्रीलाई पत्र

रास्ट्रिय समाचार स्वास्थ्य

बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्का’रपछि हत्यामा संलग्नको पहिचान हुन नसक्दा आफूहरूले पनि असुरक्षित महसुस गरिरहेको भन्दै बेनीस्थित लिटल गार्डेन एकेडेमीका छात्राले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । तीन वर्षसम्म निर्मला पन्तको बलात्का’रपछि हत्यामा संलग्नको पहिचान हुन नसकेको अवस्थामा भागरथीको पनि सोही नियति दोहोरिएको उनीहरूको भनाइ छ । दोषीको पहिचान र कारबा’हीको माग गर्दै छात्राहरूले बालिका, किशोरी र नारीको अस्मिता रक्षा एवं जीवन रक्षाको प्रत्याभूति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

प्रमुख जिल्ला अधिकारी उमानाथ अधिकारीमार्फत प्रधानमन्त्री केपी ओलीलाई बिहीबार पठाइएको पत्रमा उनीहरूले एकपछि अर्को बलात्कार/हत्या भइरहने र दोषी पहिचान नहुने हुँदा आफ्नै घर, आँगन, टोलमा समेत हिँड्न डर लाग्ने गरेको उल्लेख गरेका छन् । स्कुलमा नियमित कक्षाबाहेक कोचिङ कक्षा लिन, किनमेल गर्न घरबाहिर निस्कँदा पनि डर लाग्न थालेको एकेडेमीकी छात्रा एलिसा खड्काले बताइन् ।‘पाइला–पाइलामा असुरक्षित महसुस भएको छ । स्कुलमै पनि एक्लै शौचालय जान डर लाग्ने भयो,’ उनले भनिन् । राजनीतिक दलका महिलासम्बद्ध संस्था र अधिकारकर्मीले पनि हत्याका दोषीको पहिचान गरी निष्पक्ष छानबिन र कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । ‘कञ्चनपुरकी निर्मला पन्तको ब’लात्कारपछि हत्यामा संलग्नलाई कारबाही हुन नसकेको अवस्थामा अर्की छात्राको उस्तै प्रकृतिको घटनाका दोषी पत्ता नलाग्नु दुःखद हो,’ मानव अधिकारकर्मी दिवा तिलिजाले भनिन् । स्रोत रासस
gmail id बनाउने सजिलो तरिका सिक्नुहोस भिडियो हेर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *