June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

प्रचण्ड–माधव पक्षको विरोध प्रदर्शनः पुरानो बसपार्कबाट सिंहदरबार आउने मूल बाटो बन्द

नेकपा प्रचण्ड–माधव पक्षको विरोध प्रदर्शनका कारण आज काठमाडौ केही स्थानमा सवारी आवगमन प्रभावित हुने भएको छ । खासगरी रिङरोडभित्र सार्वजनिक गाडी प्रभावित हुने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।
उनका अनुसार रिङरोडभित्र जुलुसमा सहभागी हुने गाडी भने प्रवेश गर्न पाउनेछन् । सभागृह अगाडी मुख्य सडकमा मञ्च बनेकाले घण्टाघर, पुरानोबसपार्कबाट सिंहदरबार आउने मुलबाटो बन्द गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

११ बजेबाट माइतीघर, लैनचौर, त्रिपुरेश्वर, टेकु, केशरमहल लगायतका ठाउँबाट जुलुस निस्कने हुनाले ति क्षेत्रसहित काठमाडौंको भित्री एरियामा ट्राफिक व्यवस्थापनमा केही असर पर्नेछ । ‘भित्री एरिया ठप्प भएपछि बाहिर पनि असर पर्छ’, प्रवक्ता अधिकारीको भनाइ छ । विरोध प्रदर्शनलाई मध्यनजगर गर्दै १० बजेअघि नै ठूला गाडी चक्रपथ भित्र प्रवेशमा रोक लगाएको ट्राफिक प्रहरीले जनाएको छ । कार्यक्रम हुने प्रभावित क्षेत्रमा गाडी डाइभर्ट गर्ने तथा जुलुसमा जाने सर्वसाधारण बोकेर आएका गाडीलाई कार्यक्रम स्थलबाट केही किलोमिटर पर रोकेर मानिस मात्रै पठाउने तयारी गरेको ट्राफिक प्रहरीले जनाएको छ । स्रोत रासस
भर्खरै बन्दै गरेको बाटो सबैको काल बन्दै हेर्नुहोस तलको भिडियो