July 28, 2021

च्यालेन्ज नेपाल

नयाँनयाँ घटनाको ताजा जानकारीको लागी च्यालेन्ज नेपाल

बलात्का’रविरू’द्ध बसन्तपुर-सिंहदरबार मार्चपास हुँदै

एकपछि अर्को बलात्का’रका घटना भइरहेको विरोधमा वृहत् नागरिक आन्दोलनले ‘सिंहदरबार महिला मार्च पास’ गर्ने भएको छ। माघ ३० गते शुक्रबार मार्सपास हुन लागेको हो। वृहत नागरिक आन्दोलनका तर्फबाट मंगलबार जारी भएको अपिलमा एकपछि अर्को बला’त्कारीको सुरक्षा गर्ने र सयौं अपरा’धीको पहरेदारी गर्ने सत्ता नचाहिने उल्लेख छ। हामी सडकबाट चुनौती दिन्छौं- एकपछि अर्को बलात्का’रलाई मूकदर्शक भई हेर्ने, एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने, सयौं अपरा’धीको पहरेदारी गर्ने तिम्रो सत्ता हामीलाई चाहिँदैन।

यसलाई अब कसरी र कहिलेसम्म टिकाउँछौं?’ भन्ने प्रश्न अपिलमा छ। शुक्रबार दिउँसो २ बजे बसन्तपुरमा भेला भएर सिंहदरबारको मुलगेटसम्म मार्च गर्ने वृहत नागरिक आन्दोलनले जनाएको छ। उक्त मार्चपासमा सहभागी हुनसमेत अपिल गरिएको छ। गत बुधबार बैतडीकी भागरथी भट्टको बला’त्कारपछि हत्या भए पनि अहिलेसम्म अप’राधीलाई पक्राउ परेको छैन। स्रोत रासस
फेसबुकको पासवर्ड बिर्सेमा यसरी फेसबुक खोल्नुस सजिलै भिडियो हेर्नुहोस