June 21, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

पूर्वराजा ज्ञानेन्द्र शाहलाई ओलीले अध्यक्ष बनाउँछन् : योगेश भट्टराई

सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका नेता तथा पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अध्यक्ष मानेर नयाँ पार्टी बनाउने बताएका छन् ।
कावासोतीमा प्रचण्ड-माधव समूहको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता भट्टराईले ओलीको पछिल्ला गतिविधिले उनले त्रानेन्द्रलाई अध्यक्ष मानेर पार्टी बनाउनसक्ने बताएका हुन् ।

भट्टराईले ओलीको अहिलेका सबै कदम संघीयता र गणतन्त्रविरोधी भएकाले अब ज्ञानेन्द्र र ओली अध्यक्ष भएको नयाँ पार्टी बनेमा कुनै आश्चर्य नहुने बताए । भट्टराईले ओली यसअघिका ४० जना प्रधानमन्त्रीभन्दा नालायक भएको भन्दै तानाशाहको बाटोमा लागेका ओलीले सत्ता कब्जा गर्दै अहिलेसम्म प्राप्त उपलब्धिहरुलाई सिध्याउन लागेको आरोप लगाए । स्रोत रासस
मोबाइल बिग्रियो यसरी आफैले बनाउनु सिक्नुहोस भिडियो हेर्दै