September 26, 2021

च्यालेन्ज नेपाल

यो पोस्टको बारेमा पुरा विवरण हेर्न यहाँ थिच्नुहोस

चुनाव गर्न पाइँदैन भनेर निर्वाचन आयोगलाई धम्क्या’इँदै छ : विष्णु पौडेल

अर्थमन्त्री एवं केपी शर्मा ओली नेतृत्वको नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक निर्वाचनतर्फ अगाडि बढिसकेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित पेशागत महासङ्घ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनका लागि सरकारले आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताएका हुन्। निर्वाचनका लागि निर्वाचन आयोग, सुरक्षा निकाय र अन्य सबै निकायले तयारी गरिरहेका छन्’, उनले भने, ‘तोकिएको समयमा निर्वाचन हुन्छ। तपाईंहरू ढुक्क हुनुहोस्। सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन घोषणा गरिसकेको छ। उनले प्रतिनिधिसभा विघटन मुलुकलाई स्थिरतातर्फ लैजानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम हो भन्दै नेपाली जनताले पनि निर्वाचनमा जाने कदमको पक्षमा रहेको बताए। मन्त्री पौडेलले ताजा जनादेशका लागि जनतामाझ जाने कुरा निरङ्कुश हुन नसक्ने स्पष्ट पारे। ‘केहीले निर्वाचनमा जाने कुरालाई निरंकुश भनेर भ्रम फैलाइरहेका छन्’, उनले भने, ‘निर्वाचनमा जाने कुरा निरंकुश हुन्छ ? भने लोकतन्त्र भनेको के हो भनेर ती साथीलाई म प्रश्न सोध्न चाहन्छु।’

उनले मुलुकमा कुनै समस्या पर्‍यो र त्यो समस्या समाधान गर्न सकिँदैन भने जनतामा जाने निर्णय नै अन्तिम भएको उल्लेख गरे।अर्थमन्त्री पौडेलले जनताले जसलाई विश्वास गर्छन्, त्यसले नै सरकार सञ्चालन गर्ने हो भन्दै पार्टीबाट अलग भएका साथीहरू निर्वाचनमा जान डराएको धारणा व्यक्त गरे। उहाँहरू चुनाव गर्न पाइँदैन भनेर निर्वाचन आयोगलाई धम्क्याउँदै हुनुहुन्छ’, उनले भने, ‘निर्वाचनसँग डराएर जुन प्रकारले निर्वाचन रोक्ने चेष्टा गर्नुभएको छ। त्यो हामी पूरा गर्न दिँदैनौं। उनले दुई तिहाइको आफ्नै सरकारलाई टिकाएर सामाजिक न्याय, समानता र समाजवादको आधार निर्माण गर्ने अवसर पार्टीभित्रका केही नेताका कारण गुमेको स्पष्ट पारे। कम्युनिष्ट पार्टीप्रति जनताको भर र विश्वास गुमाएर पार्टीलाई चकनाचुर र विभाजन गर्न खोजियो’, उनले भने, ‘कम्युनिष्ट आन्दोलन गर्न सक्दछन्। सरकार सञ्चालन गर्न सक्दैनन् भन्ने केही साथीहरूले देखाउनुभयो। अर्थमन्त्री पौडेलले कोभिड–१९ का कारणले डुबेको अर्थतन्त्र उकास्ने प्रयास भइरहेको समेत बताए।रासस
Youtube मा viewer पुर्याउने सजिलो तरिका
भिडियो हेर्दै सिक्नुहोस