June 21, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

दाङमा दुर्घटनामा परेर ३ जनाको मृ’त्यु

दाङमा छुट्टाछुट्टै सडक दु’र्घटनामा परेर तीन जनाको मृ’त्यु भएको छ । दङ्गिशरण गाउँपालिकाको रगैचा र लमहीमा शुक्रबार भएका दुर्घ’टनामा परेर तीन जनाको मृ’त्यु भएको हो । विपरित दिशाबाट आइरहेको रा १ त २४४३ नम्बरको ट्याक्टर र रा ६ प १४३४ नम्बरको मोटरसाइकल एक आपसमा ठाे’क्किँदा मोटरसाइकलमा सवारमा दङ्गिशरण गाउँपालिका ४ बस्ने दिनेश खड्का र सोही ठाउँका विवेक थापाको मृ’त्यु भएको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख थम्मन जिशीले जानकारी दिए ।

त्यस्तै लमहीमा आफूले चलाएको ट्याक्टर पल्टिँदा चालकको मृ’त्यु भएको छ । लमहीको अर्जुन खोलाको किनारबाट कमानपुरतर्फ जाँदै गरेको रा १ त ३१७४ नम्बरको ट्याक्टर लोड गरेर उकालोतर्फ जाँदै गर्दा लोड गरिएको ट्रालीले घाँटी थिचिँदा चालक लमही ७ बस्ने हेमन्त गिरिको मृ’त्यु भएको हो । स्रोत रासस
मोबाइल बिग्रियो यसरी आफैले बनाउनु सिक्नुहोस भिडियो हेर्दै