तीब्र गतिको कारण मोटरसाइकल दुर्घ’टना हुँदा आज दुवै बाबुछोराको मृ’त्यु

रास्ट्रिय समाचार

शुक्रबार अपराह्न कोसी राजमार्गमा मोटरसाइकल दुर्घट’ना हुँदा बाबुछोराको मृ’त्यु भएको छ। धरानबाट इटहरी जाँदै गरेको प्रदेश १-०१-०४४प १२५६ मोटरसाइकल दुर्घ’टना हुँदा सवार बाबुछोरा दुबै जनाको मृ’त्यु भएको प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मृ’त्यु हुनेमा ५० वर्षीय नुरजंग मल्ल र उनका बुवा ८२ वर्षीय कुबेरबहादुर मल्ल छन्।

उदयपुर रुपाटार-२ घर भएका उनीहरू इटहरी-८ मा बस्थे। कोसी राजमार्गको इटहरी-२ पिपलचोकमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घट’ना भएको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घ’टना भएको रिपोर्ट आएको छ,प्रहरी उपरीक्षक सञ्जीव शर्माले भने। दिउँसो साढे २ बजेतिर दु’र्घटना हुँदा गम्भीर घा’इते भएका दुबैलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारको क्रममा दुबैको केही समयमै मृ’त्यु भएको शर्माले बताए। यता, सुन्दरहरैंचा नगरपालिकामामिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृ’त्यु भएको छ।

सुन्दरहरैंचा नगरपालिका-७ मा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिदाँ ३५ वर्षीय अजय लिम्बूको मृ’त्यु भएको हो। शुक्रबार बेलुका पश्चिमबाट पूर्वतर्फ जादैं गरेको प्र २-०३-००१ ख १९७६ नम्बरको मिनी ट्रकले सडक पार गर्ने क्रममा प्र१-०२-०४० प ७६६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। ठक्करले गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा राति ९ बजे मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। स्रोत रासस
gmail acount बनाउने सजिलो तरिका भिडियो हेर्दै सिक्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *