September 27, 2021

च्यालेन्ज नेपाल

यो पोस्टको बारेमा पुरा विवरण हेर्न यहाँ थिच्नुहोस

डिशहोमको ‘डिलर दाइको डिस्काउन्ट अफर’अन्तर्गत ८८ जनाको हातमा पर्यो १/१ लाख

डिशहोमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको डिशहोममा डिलर दाईको डिस्काउन्ट अफर ८८ जना ग्राहकले जितेका छन् । अफर जित्ने ८८ जना ग्राहकले नगद एक लाखका दरले रकम हात पारेका छन् । यस्तै वार्षिक रिचार्ज गर्ने ग्राहकले समेत रिजार्च रकममा आकर्षक छुट पाएका छन् । जसले गर्दा ग्राहकले न्यूनतम शुल्कमा गुणस्तरीय सेवा प्राप्त गरेका छन् ।

२ फागुन २०७६ देखि सञ्चालित ‘डिलर दाइको डिस्काउन्ट अफर’को समयावधि अन्तिम चरणमा पुगेको छ । आगामी २९ माघसम्मका लागि मात्र यो अफर लागू हुने डिशहोम नेटवर्कले जनाएको छ । नेपालभरका डिशहोमका डिलरहरुमार्फत फन्ड ट्रान्सफर वा अनलाइन प्रणालीबाट बार्षिक रिचार्ज गरेबापत ‘विक्ली लक्की ड्र’ मा सहभागी हुने अवसर डिशहोमले दिएको छ । फन्ड ट्रान्सफरबारे आधिकारिक जानकारीका लागि देशभर रहेका डिशहोम बिक्रेता, नजिकैका डिलर वा डिशहोम ग्राहक केन्द्रमा सिधै सम्पर्क गर्न सकिने डिशले जनाएको छ । स्रोत रासस यो पनी हेर्नुहोस नयाँ बन्दै गरेको बाटो सबैको का’ल बन्दै हेर्नुहोस भिडियो सहित