June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

पशुपतिनाथको दर्सन गर्दै हेर्नुहोस् माघ २३ गते शुक्रबारको राशिफल

मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ – समय महत्वपुर्ण ढंगले ब्यतित रहनेछ । प्रियजनहरु सँगको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । यात्रा मनोरञ्जन पुर्ण ब्यतित रहनेछ । मित्रजनहरुको साथ सहयोगमा आम्दानीका श्रोतहरु सवल बन्नेछन । पारीवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ । बृष राशि : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सम्पादनमा सहजता रहनेछ । बिभिन्न अवसरहरु प्राप्तहुने योग रहेता पनि समयको प्रयोगमा भने पछि परीनेछ । दिर्घकालिन फाईदा मुलक कार्यमा समय ब्यतित गरेमा उत्तम रहनेछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । मेहेनत अनुसारको फल प्राप्ती रहनेछ ।

मीथुन राशि : का, कि, कु, घ, ङ, छ, के, को, ह – मान्यजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । ब्यापार ब्यवसायमा बिशेष लाभ प्राप्त हुने समय रहकोछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । आम्दानिका श्रोतहरु सवल तुल्याउन आफ्नोकला कौशलको प्रयोग गर्नु पर्ने समय रहेकोछ । सन्तान सुख प्राप्त रहनेछ । कर्कट राशि : हि, हु, हे, हो, डा, डि, डु, डे, डो- सम्पादित कार्यहरुमा सामान्य त्रुटिहुनाले कार्यक्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेछ । भौतिक श्रोत साधनको परीचालनमा समय ब्यतित रहनेछ । नयाँ लगानिमा भने बिशेष साबधानि अपनाउनुनै उत्तम रहनेछ । मान्यजनहरुको मार्गप्रदर्शन अबलम्बन गर्दा निकै महन्वपुर्ण कार्यहरु सम्पादित रहनेछन ।

सिंह राशि : मा, मि, मु, मे, मो, टा, टि, टु, टे – कार्यक्षेत्रमा बिभिन्न अवसरहरु प्राप्त रहनेछन । पुराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित तुल्याउनेछ । अधुराकार्यहरु सम्पादन गर्न समय उत्तम रहनेछ । बल तथा प्रराक्रमका क्षेत्रबाट समेत पुराना लगानि उठाउन सकिनेछ । यात्राक्षेत्रमा भने सामान्य तनाबको सामना गर्नु पर्न सक्नेछ । कन्या राशि : टो, प, पि, पु, ष, ण, ठ, पे, पो – स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त हुनेछन । भोज भतेर जन्यकार्यमा सहभागीताको योग बन्नेछ । शुभ चिन्तकहरुको साथ सहयोगमा बृद्धिहुनेछ । कुल कुटुम्बहरु सगँको सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

तुला राशि : र, रि, रु, रे, रो, ता, ति, तु, ते – नयाँकार्यहरुको सुरुवात गर्नका निम्ती शारीरिक आलस्यताले सामान्य समस्या दिलाउन सक्नेछ । प्रेम सम्बन्धमा सामान्य तनाबको सामना गर्नुपर्नेछ । पारीवारीक मनोरञ्जनका निम्ती अधिक समय खर्चनु पर्ने समय रहेकोछ । सम्पादित कार्यहरुको उत्तम प्रतिफल प्राप्त रहनाले मन हर्षित रहनेछ । बृश्चिक राशि : तो, ना, नि, नु, ने, नो, या, यि, यु – आफन्तजनहरु सगँको सम्वन्धमा तनाब सृजनाहुन सक्नेछ । कार्यक्षेत्रमा भएको त्रुटिको कारण अरुबाट अपहेलित भएको महसुस रहनेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष साबधानि अपनाउनु राम्रो रहनेछ । समय अनुरुप चल्न नसकेको अनुभुतिभने मनमा खट्कीनेछ ।

धनु राशि : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – गरीरहेको कार्य क्षेत्रले मान सम्मान दिलाउन सक्नेछ । कार्यक्षेत्रमा बिशेष जिम्बेवारी बहन गर्नुपर्ने समय रहेकोछ । अध्यन अध्यापनमा खर्चीएको समय उत्तम रहनेछ । आम्दानिका श्रोतहरु मजबुत तुल्याउन तत्कालिन कार्यहरु फाईदा मुलक साबित रहनेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । मकर राशि : भो, ज, जि, खि, खु, खे, खो, गा, गि – मान्यजनहरु सगँको सम्बन्धमा प्रगाढता छाउनेछ । भौतिक साधनको प्रयनेगमा समय ब्यतित रहनेछ । कार्यक्षेत्रमा लगाईएको लगनसिलताको कदर रहने समय रहेकोछ । मातृपक्षको स्वास्थमा सामान्य तनाब उत्पन्न हुनाले मनमा सामान्य चिन्ताले सताउन सक्ने समय रहेकोछ ।

कुम्भ राशि : गु, गे, गो, सा, सि, सु, से, सो, द – कार्यक्षेत्रमा लगनसिलताको कमि महसुस हुनेछ । तपाइ द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले सहजरुपमा प्राप्त गर्नेछन । यात्रा मनोरञ्जन पुर्णरुपमा ब्यतित रहनेछ । मित्रजनहरुको सम्बन्धमा समान्य तनाब उत्पन्न हुन सक्नेछ । आटँ तथा शाहसको कमिले कार्यक्षेत्रमा तनाब उत्पन्न हुन सक्नेछ । मिन राशि : दि, दु, थ, झ, ञ, दे, दो, च, चि – नजिकका ब्यत्तिहरुबाट धोका हुनाले तपाइका गुह्यकुराहरु अरु सामु प्रस्फुटित हुनेछन । ब्यपार ब्यवसायमा अधिक लगानि नगरैकै बेस रहनेछ । आफ्नो सामान्य लापरवाहिले तपाईका माल सामानहरु गुम्न सक्ने सम्भाबना रहेकोछ । यात्राका कारण सामान्य चोटपटकाको सामना गर्नु पर्ला । स्रोत रासस मोबाइलबाट बिजुलीको बिल तिर्ने तरिका सिक्नुहोस भिडियो हेर्दै