आन्दोलनकारीलाई छल्दै दौडिएको मोटरसाइकलको ठक्करबाट बालक घा’इते

रास्ट्रिय समाचार

आन्दोलनकारीबाट बच्नका लागि दौडिएको मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् । माधव–प्रचण्ड समूहले गरेको आमहड्तालको क्रममा सुर्खेतको वीरेन्द्रनगरस्थित सत्कार होटल अगाडि मोटरसाइकलको ठक्करबाट बालक घा’इते भएका हुन् ।

बन्दको अवज्ञा गरि मोटरसाइकल चलाएका व्यक्ति आन्दोलनकारीबाट भाग्न खोज्दा बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रदेश नम्बर ०३–०२–११ प ७७८५ नम्बर मोटरसाइकलले अन्दाजी १० वर्षको बालकलाई ठक्कर दिएको हो भने बालकको नाम, ठेगाना खुल्न सकेको छैन । प्रहरीका अनुसार बालकको प्रदेश अस्पताल काला गाउँमा उपचार भैरहेको छ । स्रोत रासस
मोबाइल बिग्रियो यसरी आफैले बनाउनु सिक्नुहोस भिडियो हेर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *