प्रचण्ड-माधव समूहद्वारा निर्वाचन आयोगमा दलको आधिकारिकता दा’बी पेस

रास्ट्रिय समाचार

नेकपा प्रचण्ड माधव समूहले निर्वाचन आयोगमा दलको आधिकारिकताको लागि दाबी पेस गरेको छ । मंगलबार अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितका नेता स्वयं उपस्थित भएर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार दाबी पेस गरेका हुन् ।

दाबी पेस गरिसकेपछि पत्रकारहरुसँग कुरा गर्दै दलका वरिष्ठ नेता खनालले २ वटा केन्द्रीय कमिटीको बैठकबाट आफूहरूसँग बहुमत रहेको भन्ने प्रमाणित भइसकेकोले आवश्यक कागजातसहित दाबी पेस गरेको जानकारी दिए । स्रोत रासस
मोबाइलबाट बिजुलीको बिल तिर्ने तरिका सिक्नुहोस भिडियो हेर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *