सुन्दै अचम्म लाग्ने ९० हजार शब्द लामो स्टोरी तयार पारेका सम्पादक

रास्ट्रिय समाचार

हतारको साहित्य मानिने पत्रकारितामा छिटो-मीठो लेख्न सक्ने नाम हो, बसन्त बस्नेत। पत्रकारितामा केही थोपा मात्र ‘सौन्दर्य’ चुहाउन पाउने उनी उत्तिकै छिटो-मीठो शैलीमा आख्यान लेख्न सक्छन्।
दुई साताअघि काठमाडौं विश्वविद्यालयले बालकृष्ण समको जन्मघर पुनर्सम्भार गर्ने जानकारी गराउन एउटा भेला गरेको थियो। त्यहीँ गायक लोचन रिजालले बसन्तको उपन्यास पूरा भएको सार्वजनिक गरिदिए। उनको नयाँ उपन्यासबारे पहिलो सार्वजनिक सूचना त्यही रहेछ।

कुमार नगरकोटीको बगलमा उभिएर उनले भनेका थिए, ‘कुमार नगरकोटीको नजिकै उभिएर बालकृष्ण समको घरमा मेरो उपन्यासको खुलासा हुनु कस्तो सुखद संयोग!’
त्यो दिनको भेट नै यो कुराकानीको मियो बन्यो।
त्यसको केही दिनपछि ‘शिलापत्र’ को सम्पादक कुर्सीमा बसेर उनले भने, ‘उपन्यास भदौमा सार्वजनिक हुनेछ।’

बसन्तले उपन्यासको खाका बुन्न करिब दुई वर्षअघि थालेका थिए। तर उपन्यास लेखनमा होम्मिनुअघिको सकसबाट पार पाउन उनलाई लकडाउन आउनुपर्‍यो। गत चैतमा लकडाउनपछि उनी जन्मथलो इलाम पुगे। बसन्त सन्ध्या-प्रेमी हुन्। इलाम बसाइमा उनी नियमित ‘इभिनिङ वाक’ मा जान्थे। साँझपख सुसेल्दै, गुनगुनाउँदै हिँड्दा सिर्जनात्मक खुराक भेट्थे। त्यस्तै कुनै एउटा साँझ उनलाई अब चाहिँ उपन्यास लेख्नुपर्छ भन्ने जोस पलायो।
इभिनिङ वाकमा जाँदा एक जना मानसिक सन्तुलन गुमाएका व्यक्ति सधैं भेटिन्थे। गोदाबरी खोलाछेउ हिँड्दै गर्दा एकदिन अचानक उनी मेरो नजिक आए। मेरो हातमा भएको डटपेन खोसे र दौडिए,’ बसन्तले सुनाए, ‘खै किन, उनलाई मैले मेरो उपन्यासको पात्रसँग जोडेँ। त्यही नै उपन्यास लेखनको प्रवेश विन्दु बन्यो।’

निरन्तर २४ दिनसम्म, दैनिक १६ घन्टाभन्दा बढी लेखेपछि उपन्यासको पहिलो ड्राफ्ट तयार भयो। एकसरो लेखनले उपन्यास राम्रो वा पूर्ण हुँदैन भन्ने बसन्तलाई थाहा छ। कुनै बेला ३४ हजार शब्द लेखेर उपन्यास लेख्न तयार भइसकेको रहेनछु भनेर रोकिएको अनुभवसमेत थियो।
यसपालि भने पहिलो ड्राफ्ट लेखिसकेर उनी उमंगको आकासमा बत्तिए। ‘ओहो, मैले महान उपन्यास लेखेँ’ भनेर गमक्क पनि परे। तर आफ्नै ड्राफ्ट फेरि पढेपछि आत्मरतिमा रमाएर बस्न सकेनन्। उपन्यासलाई ‘अथेन्टिक’ र पठनीय बनाउन त्यसपछिका केही महिना घोट्टिए। यसका लागि उनले ‘पियर रिभ्यू’ र पुनर्लेखनमा विशेष जोड दिए।
बसन्तको पुनर्लेखन प्रक्रिया जान्नुअघि उपन्यासको संक्षिप्त सार पढौं-

उन्मुक्त भएर प्रेम गर्न चाहने तामाङ केटा र लिम्बू केटीको प्रेमकथा हो। उनीहरू दुवैको चाहनामा राजनीति छैन, तर दुवैले नचाहेको राजनीति उनीहरूको जीवनमा जबरजस्ती प्रवेश गर्छ। राजनीतिसँगै उनीहरूको जीवनमा धर्म पनि प्रवेश गर्छ। त्यसपछि ती दुईको प्रेम राजनीति र धर्मको चेपुवामा फस्छ। अनि, मुख्य पात्रहरूको जीवनमा उथलपुथल आउँछ।

बसन्तले भने, ‘उपन्यासमा त्यही उथलपुथलको कथा छ। उपन्यासमा राजनीति छ तर यो राजनीतिक उपन्यास होइन। उपन्यासमा प्रेमकथा छ तर यो प्रेमकथा मात्रै पनि होइन।’
यसलाई उनी ‘राजनीतिक क्यानभासमा पोतिएको प्रेमकथा’ भन्छन्। एकपटक हैन, पटक-पटक।
अब पुनर्लेखनको कुरा गरौं।

बसन्त उपन्यासको विषयवस्तु, शिल्पशैली जाँचेर आफ्ना कमजोरी र सबल पक्ष पर्गेल्न चाहन्थे। उनलाई आफ्नो कमजोरीसँगै उनले लेखेको ठीक छ भनेर आश्वस्त पारिदिने कोही चाहिएको थियो।
ती कोही र केहीमध्ये पहिलो व्यक्ति हुन्, ‘पल्पसा क्याफे’ का लेखक नारायण वाग्ले।
स्रोत सेतोपाटी
फेसबुकको ग्रूप च्याटबाट हट्ने तरिका सिक्नुहोस भिडियो हेर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *